बाढी–पहिरोबाट ३ राजमार्ग ५ ठाउँमा अवरूद्ध

    बाढी–पहिरोबाट ३ राजमार्ग ५ ठाउँमा अवरूद्ध

    बाढी–पहिराका कारण ३ वटा राष्ट्रिय राजमार्गको ५ ठाउँमा अवरूद्ध भएको छ। २० स्थानमा सडक एकतर्फी बनाइएको विभागले जानकारी दिएको छ।

    सडक विभागले आफ्नो वेब साइटमा राखेको विवरणअनुसार अहिले तमोर करीडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ।

    यो सडक असारको पहिलो सातादेखि नै अवरूद्ध छ।

    यस्तै, कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको जोमसोम तानसेन–रिडी–कोरला खण्डको म्याग्दीका दुई स्थानमा अवरू छन्।

    डुम्रे-बेशीशहर-चामे जोड्ने राजमार्ग लम्जुङ र मनाङमा अवरूद्ध भएकाले आवतजावतमा समस्या भएको छ।

    मनसुन सुरू भएयता हालसम्म १८ वटा राजमार्गको १ सय ३३ स्थानमा अवरूद्ध भएका छन्। १ सय ८ स्थान दुवैतर्फ चालु छन् भने मनसुनजन्य विपदबाट राजमार्गमा २५ करोड, ६ लाख ५० हजार बराबरको क्षति पुगेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *