साउन १३ देखि १९ गतेसम्म हेर्नुहोस राशिअनुसार तपाईंको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )यो साता मनमा दुबिधा उत्पन्न हुनेछ । अविश्वासको वातावरण सिर्जना हुन सक्छ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ । मध्य साताबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । पुँजी बजारबाट लाभ नै मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )यो साताको सुरुका दिनमा मनमा उत्साहका साथै बोली बिक्ने समय छ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीसँग मधुर मिलन पनि हुनेछ । साताको मध्य भागमा नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । शेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )यो साता यात्रामा सावधानी अपनाउनु पर्नेछ । आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । मध्य सातामा चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्धमा पनि मधुरता छाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )यो साता रमणीय र सुखद् यात्राको योग छ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगानीको सम्भावना छ र फाइदा नै हुनेछ । शत्रु पनि क्षय होलान् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )यो साता कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । रमणीय र सुखद् यात्राको योग छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । टाढिएका मित्रसँग नजिकिने समय छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )यो साता कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )रोकिएका काम पुनः सुरु हुन सक्छन् । भौतिक वास्तु खरीद बिक्रीको योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको योजना पनि बन्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )यो सातामा चिताएको कामले तीव्रता लिनेछ । सफल धार्मिक यात्राको योग छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मनपर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । वैदेशिक क्षेत्रका काममा पनि सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )यो साता इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विशिष्ट र नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *