पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा

    पुलिस रिपोर्ट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ सेवा

    विदेश आउजाउ गर्नको लागि चाहिने पुलिस रिपोर्ट अर्थात् प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने भएको छ ।

    अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रका लागि फारम भर्नेदेखि पैसा भुक्तानीसम्मका काम हुने परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले जनाएको छ ।

    यसरी लिन सकिन्छ सेवा

    पुलिस रिपोर्टका लागि चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि सबैभन्दा पहिले नेपाल कन्सुलर डट जिओभी डट एनपी खोल्ने । त्यहाँ दाहिने पट्टी रहेको अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्ने ।

    प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम भर्ने तरिका पढ्ने । पढिसकेपछि मैले पढेँ भन्नेमा टिक लगाउने र नेक्स्ट थिच्ने । प्रहरी चारित्रिक प्रमाणपत्रमा लेखिएको नम्बर र जन्म मिति दिएर प्रहरीबाट जारी भएको प्रमाणपत्र हेर्ने ।

    विवरण ठीक भएमा बैंक वा अनलाइनबाटै राजस्व तिर्न सकिन्छ । त्यहीँ राजस्व तिरेको जनाउ दिएपछि कन्सुलर सेवा विभागले प्रमाणित गर्छ र अर्कोे दिन अनलाइनमार्फत् डाउनलोड गरेर प्रिन्ट गर्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *