कपिलवस्तुमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तुमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

हिजो बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा आज खोजतलास गर्ने क्रममा फेला परेको उनले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *