‘रास्वपा’ का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन

‘रास्वपा’ का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि भन्दै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

हिजो मङ्गलवार नारायणगढ–मुग्लिन सडक खण्डको काली खोलामा पहिरो गएपछि भएको ट्राफिक समस्या व्यवस्थापनका लागि भन्दै ज्याकेटमा ‘आरएटी’ लेखेर रास्वपाका कार्यकर्ता पनि परिचालन भएका थिए । रास्वपा कार्यकर्ताले वाकिटकी पनि बोकेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निकालेको सूचनामा ‘सञ्चारको साधन वाकिटकीसमेत देखिएकोमा त्यसको स्वीकृत र दर्तावाला होरहोइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचयविना स्वयंसेवकका रूपमा उद्धारमा सहयोग गर्न आग्रह पनि गरेको छ ।

रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताएका थिए । त्यही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो । त्यही दिन मोबाइल क्लिनिकमा प्रयोग भएको एम्बुलेन्स विवादमा परेपछि परिवर्तन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *