कसैले झुट बोलिरहेको थाहा पाउने ५ तरिकाहरू

    कसैले झुट बोलिरहेको थाहा पाउने ५ तरिकाहरू

    तपाईको अगाडि भएको मान्छेले झुट बोलिरहेको छ भनेर थाहा पाउन तपाई माहिर हुनुपर्छ। यदि तपाईले निम्न ५ कुराको ध्यान राख्नु भयो भने कुनै मान्छेले झुट बोलिरहेको छ भनेर सजिलै थाहा पाउन सक्नु हुन्छ।

    १. शारीरिक हाउभाउ
    तपाईले कुरा गरिरहेको मान्छेले झुट बोलिरहेको छ भने उसको शारीरिक हाउभाउ एकदम फरक हुदैँ जान्छ। उसको झुट उसको शरीरले बयान गरि राखेको हुन्छ। आँखी भाैँ माथि उचाल्ने, टाउकोले जवाफ दिने, हात खुटा धेरै हल्लाउने आदि जस्ता लक्षण देखिन्छ।

    २. सोचेर बोल्छ
    झुट शुरु भइसके पछि उसले त्यसलाई पुरा गर्न सोच्दै सोच्दै बोल्न थाल्छ। एउटा वाक्य पुरा भइसके पछि अर्को वाक्य शुरु नगरुन्जेल सम्म उसले लामो समय लगाँउछ। यो उसले बोल्ने झुट नसकुन्जेल भइराख्छ।

    ३. आँखा जुदाइ
    नर्मल कुराकानीको बेला एक-अर्काको आँखामा आँखा जुदाइ कुरा गरिन्छ भने जब मानिसले झुट बोल्न शुरु गर्छ उसले आँखामा आँखा जुदाउन ( EYE CONTACT) सक्दैन। तर यहाँ २ तरिका हुन सक्छ। कि त अरु कतै पनि नहेरी एकोहोरो तपाईलाई हुरि राख्छ कि त उसले तपाईलाई आँखा उठाएर हेर्दै हेर्दैनन्।

    ४. आवश्यकता भन्दा बढी व्याख्या
    झुट बोल्नेले झुट बोलिरहेको छु भनेर थाहा नपाओस भन्ने हेतुले उनीहरूले भनिरहेको कुरामा आवश्यकता भन्दा बढी व्याख्या गर्न थाल्छ। के, कसरी, कहाँ, कुन आदि सबै कुरा बढाइ चढाइ भनिरहेको हुन्छ र आफैलाई तपाईको सामु सजिलो देखाउने कोसिस गर्छन्।

    ५. फिक्का अनुहार
    बोल्ने बेलामा अनुहारमा कुनै पनि भाव वा हाउभाउ अर्थात खुशी, निराश, हर्षित कुनै पनि तरिकाको भाव वा हाउभाउ देखिदैन भने थाहा पाउनुहोस उसले झुट बोलिरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *