घोराही सिमेन्टको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ ।कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ सय कित्ता आइपीओ सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता र कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता आइपीओ सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको ओपन रेञ्ज २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसा तोकेको छ । अब कम्पनीको आइपीओ आइतबार अर्थात साउन २८ गतेबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको सिम्बोल जिसिआईएल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *