सुगर रोगीका लागि निकै फाइदाजनक अम्बा ,यस्ता छन् अन्य फाईदाहरु !

    सुगर रोगीका लागि निकै फाइदाजनक अम्बा ,यस्ता छन् अन्य फाईदाहरु !

    अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । फाइबरले भरपुर अम्बा खाँदा पेट त सफा हुन्छ नै यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ । अम्बा पेटबाहेक अन्य थुप्रै रोगमा पनि निकै लाभदायी हुन्छ । अम्बाका अन्य फाइदा यस प्रकारका छन् ।

    १. प्रतिरोधी क्षमता वृद्धि गर्छ :मेडिकल न्युज टुडेका अनुसार अम्बा पोषक तत्त्वले भरपुर फल हो । अम्बामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । यसको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुन्छ । अम्बा खाँदा सामान्य सङ्क्रमण र रोगबाट बच्न सकिन्छ ।

    २. तौल कम गर्न फाइदाजनक :अम्बामा कम क्यालोरी हुन्छ । यसमा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यो खाँदा भोक कम लाग्छ । यसले मेटाबोलिजमलाई पनि बुस्ट गर्छ । यो फल खाँदा तौल कम गर्न पनि मद्दत गर्छ ।

    ३. कोलेस्ट्रोल कम गर्छ :अम्बाको नियमित सेवनले कोलेस्ट्रोल कम हुन्छ । यसले ब्याड (खराब) कोलेस्ट्रोललाई कम गरेर मुटुलाई बलियो बनाउँछ । यदि तपाईंको पनि खराब कोलेस्ट्रोल बढी छ भने अम्बा खानुहोस् ।

    ४. मधुमेह नियन्त्रण गर्छ :अम्बाले मधुमेह नियन्त्रण गर्छ । यसले फाइबरको मात्रा अत्यधिक हुन्छ जसले रगतमा चिनीको स्तरलाई कम गर्न सहयोग गर्छ । यसको नियमित सेवनले मधुमेहलाई कम गर्न सकिन्छ ।

    ५. पाचन तन्त्र बलियो पार्छ :अम्बाको नियमित सेवनले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसले कब्जियतबाट राहत दिलाउँछ । यो खाँदा तपाईंको पेट राम्रोसँग सफा हुन पाउँछ । अम्बा स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *