बुद्ध एयरले ल्यायो नयाँ जहाज
बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। शुक्रबार साँझ बुद्धले १६ औं एटिआर–७२ जहाज भित्र्याएको हो।
योसँगै बुद्ध एयरका १६ वटा जहाज पुगेका छन्। यसमध्ये १३ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्।
बुद्धले १६औं जहाजको रुपमा ‘एटिआर ७२-५००’ सिरिजको दर्ता नम्बर ‘९एन-एएनडब्ल्यू’ भित्र्याएको हो।
नेपाली यात्रुहरूका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ।
सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुले आफ्नो समयअनुकूल उडान भर्न सक्ने बुद्धले जनाएको छ।