सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद गर्ने भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई ९० लाख क्षतिपूर्ति भराउने फैसला

    सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद गर्ने भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई ९० लाख क्षतिपूर्ति भराउने फैसला

    ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले भावनालाई सो कैद र क्षतिपूर्तिसहित १५ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । त्यसैगरी भावनालो झुक्यानमा पारी आफ्नो नाममा पास गरेकी जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको छ ।

    भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले गत साउन १७ गते ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावनालाई दोषी ठहर गर्ने फैसला सुनाएका थिए । सोही इजलासले फुर्वा मोक्तानले हालेको विवाह बदर र भावना तामाङले हालेको वैवाहिक बलात्कारको मुद्दामा भने सफाइ दिएको थियो ।

    विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    भक्तपुर जिल्ला अदालतले सुरुमा ‘तत्काल प्राप्त प्रमाणबाट भावना कसुरदार होइनन् भनी भन्न नसकिने’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसपछि जिल्ला अदालतको आदेश नमिलेको भन्दै भावना उच्च अदालत पुगे पनि उच्च अदालतले थुनामा पठाउने भक्तपुर जिल्ला अदालतकै फैसला सदर गर्दै भावनालाई थुनामै राख्ने आदेश दिएको थियो ।

    आफू थुनाबाट बाहिर निस्कन नपाएपछि भावनाले फूर्वाविरुद्ध वैवाहिक बलात्कारको मुद्दासमेत दायर गरेकी थिइन् । यद्यपि सो मुद्दामा फुर्वालाई अदालतले धरौटीमा रिहा गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *