सप्तकोशीमा ३५ वर्षयताकै उच्च बहाव, खोलियो ५६ वटै ढोका

    सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
    सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सोमबार बिहान १ बजे कोशी ब्यारेजको सबै ढोका खोलिएको हो।

    दिउँसोसम्म २३ वटा ढोका खोलिएपनि राति नदीमा जलसतह ३४ वर्षयताकै बढी मापन भएपछि सबै ढोका खोलिएको प्रजिअ पाण्डेले बताइन्।

    उनका अनुसार सप्तकोशीमा पानीको बहाब ४ लाख ४० हजार क्यूसेक पुगेको थियो। सप्तकोशी ३४ वर्षपछि उच्च तहमा पुगेको हो।

    यसअघि १९८९ मा सप्तकोशीको बहाव ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा देखिने प्रजिअ पाण्डेले बताइन्।

    ‍बाढीको निरीक्षण गर्न प्रजिअ पाण्डे बिहानै कोशी ब्यारेज पुगेकी थिइन्। ढोका खोलेपछि पानीको बहाव क्रमशः घटिरहेको र अहिले ४ लाख ४० हजार क्युसेक पुगेको उनले जानकारी दिइन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *