यी ३ राशिका पुरुष हुन्छन् उत्कृष्ट प्रेमी/पति, हरेक युवती हुन्छन् यी पुरुषप्रति आकर्षित !

    हरेक युवती यस्तो प्रेम साथीको खोजीमा हुन्छन् जसले अनन्त प्रेम गर्नेछ। उनीहरुको हरेक कुराको ख्याल राखोस्, धेरै सम्मान दियोस् र भावनाहरू राम्रोसँग बुझोस्। ज्योतिषशास्त्रका अनुसार केही राशिका केटाहरूमा यी सबै गुण हुन्छन्। त्यसैले यी राशिका केटालाई सबैभन्दा राम्रो पार्टनर मानिन्छ। ३ राशिका केटालाई आफ्नो पार्टनरलाई खुसी राख्ने हरेक तरिका थाहा हुन्छ।

    वृष राशि वृष राशिका पुरुषहरु आफ्नो प्रेम साथीप्रति धेरै समर्पित हुन्छन्। उनीहरु हरेक परिस्थितिमा आफ्नो प्रेमिकाको साथ दिन्छन्। उनीहरूको जीवनमा प्रेम धेरै महत्त्वपूर्ण छ र त्यसैले यी मानिस आफ्नो पार्टनर वा पत्नीलाई पूरा समय दिन्छन्। उनीहरुको भावनाको ख्याल राख्छन्। वृष राशिका मानिस हरेक विशेष अवसरमा आफ्नी श्रीमतीलाई सर्प्राइज दिन, प्रेम देखाउन कहिले पनि भुल्दैनन्। यति मात्र होइन, उनीहरु आफ्नो पार्टनरको सपना पूरा गर्नमा पनि पूर्ण सहयोग गर्छन्।

    कर्कट राशि : कर्कट राशिका पुरुषहरू पनि उत्कृष्ट पार्टनर साबित हुन्छन्। चाहे उनिहरु प्रेमी होस् या श्रीमान्, उनीहरु आफ्नो पार्टनरको धेरै ख्याल राख्छन्। यसका साथै उनलाई खुसी राख्न धेरै प्रयास पनि गर्छन्। उनीहरु आफ्नो सम्बन्धलाई सधैं खुसी राख्ने प्रयास गर्छन्। शान्त स्वभावका कारण उनीहरु आफ्नो पार्टनरसँग बिरलै झगडा गर्छन्।

    धनु राशि : धनु राशिका पुरुषहरू जीवन्त र शीतल स्वभावका हुन्छन्। उनीहरु आफ्नो पार्टनरको हरेक साना–ठूला खुशीको ख्याल राख्छन्। आफ्नो पार्टनरलाई मायाका साथै सम्मान पनि दिन्छन्। करियरमा अगाडी बढ्नको लागि हरेक तरिकाले मद्दत गर्छन्। चाहे त्यो घरको हेरचाहमा श्रीमतीलाई सहयोग गर्ने होस् वा बच्चाहरूको हेरचाहमा।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *