बाढी-पहिरोले यी राजमार्ग छन् अवरूद्ध, ४५ ठाउँमा एकतर्फी

अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध रहेका छन्। ४५ ठाउँमा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।
सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्न सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरूद्ध छ।

त्यस्तै पासाङ ल्हामु राजमार्ग पनि अवरूद्ध छ। बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी जोड्ने त्यस राजमार्ग नुवाकोटको निगालेमा अवरूद्ध रहेको विभागले अद्यावधिक गरेको सूचनामा उल्लेख छ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया-तुल्सिपुर-शितलपाटी-थारमारे-मुसीकोट जोड्ने सडक पनि अवरूद्ध रहेको छ।

उक्त सडक सल्लायनको जलेखर्कमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

डुम्रे-बेशीसहर-चामे जोड्ने सडक लम्जुङको खरखरेमा अवरूद्ध रहेको छ।

भालुवाङ-लिवाङ रोल्पा-माडीचौर-दारबोट पुग्ने सडक पनि प्युठानको जन्तिभीरमा अवरूद्ध रहेको छ।

कोशी राजमार्गअन्तर्गतको रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङ्गटार–खाँदवारी-नुम-किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा एकतर्फी रहेको छ।

तानसेन-रिडी-कोरला सडक नौनीबगर, गुइथे आदि स्थानमा एकतर्फी रहेको विभागले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *