विवाह गर्न छिट्टै राजी हुँदैनन् यी ३ राशिका मानिसहरु

ज्योतिषशास्त्र अनुसार ३ यस्ता राशि हुन्छन् जुन राशिका मानिस विवाह गर्नबाट बच्न खोज्छन्। भविष्यमा पनि यिनीहरुको विवाहिक जीवनमा शान्तिको वातावरण हुँदैन। आफ्नो सम्बन्धलाई लिएर असुरक्षित भावना महशुस गर्छन्। यी मानिसहरुले विवाह गरिहाले भने पनि कुन बेला सम्बन्ध तोड्छन्, थाहा हुँदैन। त्यसैले यी राशिका मानिससँग विवाह गर्नु भन्दा पहिला एक पल्ट राम्रोसँग सोच्न जरूरी छ।

मिथुन राशि : कुनै पनि कुरालाई लिएर यिनिहरुको मन छिन-छिनमा बदलिन्छ। एउटा कुराको लागि लामो समय दिदैनन्यि। यिनीहरुलाई आफ्नो यस्तो कमजोरीको बारेमा राम्रोसँग थाहा हुन्छ, त्यसैले, विवाहको बन्धनमा बाधिनु अघि निकै विचार गर्छन्। यिनिहरुको यहि स्वभावका कारण पछि वैवाहिक सम्बन्धमा अनेक समस्या आउन सक्छ।

धनु राशि : यस राशिका केटिहरु खासगरी विवाह गर्नबाट बच्न खोज्छन्। किनभने यिनीहरु आफ्नो स्वतन्त्रता गुमाउन चाहदैनन्। यिनीहरुलाई लाग्छ कि विवाहपछि उनीहरुले पहिलाको जस्तो स्वतन्त्रता पाउँदैनन्। यिनीहरु विवाह भन्दा बढि महत्व आफ्नो करियरलाई दिन्छन्। त्यसैले, यिनीहरुको यस्तो बानीले गर्दा विवाह गर्न चाहदैनन्।

कुम्भ राशि : यस राशिका मानिसको स्वभाव रहस्यमय हुन्छ। अन्य मानिस यिनीहरुको कुरा बुझ्न सक्दैनन् वा यी अरुलाई आफ्नो कुरा बुझाउन सक्दैनन्। त्यसैले गर्दा विवाहपछि यिनीहरुको जीवनमा अनेक समस्या आउँछन्। यस राशिका केटिहरुको स्वभाव र चाह धनु राशिका केटिहरुको जस्तै हुन्छ, जसले गर्दा यिनीहरु विवाहिक सम्बन्धमा बस्न चाहदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *