एक्सन अवतारमा अभिनेत्री पूजा शर्मा (तस्बिरहरू)

अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन्। उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।

यतिबेला काठमाडौंको नैकापमा फिल्मको क्लाइमेक्स छायांकन भइरहेको छ। फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन्। फिल्म ‘दान्भी’ को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक रूपेश तामाङले बताए। ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौं,’ उनले भने।

रूपेश तामाङले निर्देशन गरिरहेको फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय छ। यो उनको डेब्यू फिल्म हो। अनुप गदाल र देव मगर निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माता छन्। कमला लिम्बु र गोकुल सुवेदी फिल्मका सह-निर्माता हुन्। यस फिल्मको हालसम्म प्रदर्शन मिति तय गरिएको छैन।

You might also like