१५ वर्षीया बालिका ९ जनाबाट बलात्कृत,पेटमा बच्चा हुर्किएपछि प्रहरीमा किटानी जाहेरी

    १५ वर्षीया बालिका ९ जनाबाट बलात्कृत,पेटमा बच्चा हुर्किएपछि प्रहरीमा किटानी जाहेरी

    बुटवल । डोल्पामा १५ वर्षीया बालिकालाई ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए ।

    घटना करिब ६ महिना अघिको हो । ‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,’ उनले भने,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिएका छन् ।’ जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए ।

    एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ ।फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताएका छन् । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *