ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु ,मेरो कोठामै हामीबीच यौनसम्पर्क हुने गथ्र्यो…..!

    १० कक्षा पढ्दै गर्दा ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु । त्यो बेला म १६ वर्षकी थिएँ । उहाँ मेरो घरमा ट्युसन पढाउन आउनु हुन्थ्यो । प्रत्येक दिन जसो मेरो कोठामै हामीबीच यौनसम्पर्क हुने गथ्र्यो । सरलाई मेरो परिवारका सबैले अत्यन्तै आदर गर्नुहुन्थ्यो र मेरो पढाईको सम्पूर्ण जिम्मा उहाँलाई नै दिनु भएको थियो । उहाँ विवाहित भएकाले हामीबीच यस्तो सम्बन्ध होला भनेर उहाँहरु कल्पना पनि गर्नसक्नु भएन । म उहाँको घर पनि गइरहन्थें । उहाँको परिवार ठिक चलिरहेकाले हामी हाम्रो सम्बन्धका विषयमा क्लियर थियौं । त्यसैले तनाव बिना यो विश्वासको फाइदा उठाइरह्यौं ।

    आजभोलि म विदेश आएकी छु । अहिले आएर मलाई त्यो सम्बन्ध केवल सामान्य यौनसम्बन्ध मात्र थिएन, मेरो हकमा त्यो पहिलो प्रेम रहेछ भन्ने थाहा भयो । यसले मलाई बेलाबखत झस्का दिइरहन्छ । म अरुसँग प्रेम गर्न सकिरहेकी छैन । बरु पुनारो घट्नालाई सम्झेर पश्चाताप लाग्न थालेको छ । किनभने म उहाँसँग विवाह गर्न सक्तिन र उहाँले पनि त्यो समयलाई त्यहीँ छाडेर अघि बडिसक्नु भएको छ । अब पश्च्यताप गरेर पनि अर्थ छैन । मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने होला ? रोजी, काठामान्डौं । हालः अस्ट्रेलिया

    तपाईको सानो उमेरमा प्रेममा परिसक्नुभएको रहेछ । जीवनमा टिन एज (किशोरी अवस्था) मा अर्थात १९ बर्ष भन्दा कम उमेरमा बिपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । यस उमेरमा हामीलाई धेरै कुरा थाहा हुँदैन । कुनै कुरा थाह नभइ बसेको माया नै सायद माया हो । तर हामी समाजिक प्राणी हौं । समाजका आफ्नै नियम छन् ।तपाईंले माथि यो सम्बन्धलाई प्रेम हो भन्नु भयो । तर सँगै पश्च्याताप लागेको पनि बताउनु भयो । प्रेममा पश्च्यताप हुँदैन । जब तपाईंलाई त्यो नभएको भए हुन्थ्यो भन्ने लाग्छ, के बुझ्नु पर्छ भने त्यो प्रेम नभएर यौवनको आकर्षण मात्रै हो । सित्तैमा पाएको आकर्षक सामग्री केटाकेटीले खेल्दा जुन उन्मुक्ति अनुभव गर्छन्, सायद तपाईं त्यही उन्मुक्तिमा हुनुहुन्थ्यो । त्यसैकारण ती घटनाको सम्झना आउँछ । साथै अहिले पश्च्यताप पनि हुन्छ ।

    कसैप्रति आकर्षण र वास्तविक प्रेम सम्वन्ध फरक कुरा हुन । यस उमेरमा भएका तपाईका घट्ना अस्वाभाविक होइनन् । तर प्रेम र यौनका गतिबिधिहरुमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्ड अनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यस अन्तर्गत आफ्ना ब्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौन बारे आफैले पनि एकपटक गम्भीर भएर सोचेमा अगाडि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ । सामान्यरुपमा सोच्दा पनि हामीले अहिलेको सूचना प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं । आफ्ना राम्रा पक्षमा गौरब गर्न छोडेका छौं । तिनलाई बचाइराख्न सकिरहेका छैनौ । तर संसारका नराम्रा कुरा हामीले छिटो ग्रहण गरिरहेका हुन्छौं । एकछिन गम्भीर भएर नियालौ त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो बिद्यमान ज्ञानको भण्डार बढाउँदै लैजाने होइन र ?

    जहाँसम्म पुराना घट्नाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाई मात्र एक्लो हुनुहुन्न । यो उमेरमा भर्जिनिटी (कुमारित्व) गुमाएकोमा धेरैलाई पश्चाताप हुन्छ नै । त्यसमाथि पनि भविष्य सँगै विताउन नसक्ने पुरुषसँग यस्तो सम्वन्ध भएको घट्नाप्रति पश्चाताप मान्नेहरु पनि छन् । तर अन्य धेरै घटना जस्तै पहिलो यौन सम्बन्ध आफूले खोजे जस्तै मान्छेसँग हुन्छ भन्ने छैन ।तपाईले त्यस घट्नाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहि महत्वपूर्ण कुरा हो । मनोबिज्ञानका हिसाबले आफ्नो पुरानो घट्नालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अगाडि बढ्नु हो । यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घट्ना रोक्नुभयो भने यसलाई शिक्षाको रुपमा नै मान्नुपर्ने हुन्छ । घट्ना दोहोर्‍याइरहृयो भने मात्र समस्या बढ्दै जान्छ ।

    मानव सभ्यताको उचाई प्राप्त गरेको अमेरिकामा पनि मानिसहरुमा लभ, सेक्स र रोमान्सप्रति पश्चाताप हुने गरेको छ । धेरैजसो अमेरिकीले नयाँ बर्षको तिम्रो एजेण्डा के छ भनेर सोध्यो भने यही लभ, सेक्स र रोमान्सप्रति बिगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने बाचा गरेको अनुसन्धानले देखाएका छन ।टिन एज केही खतरनाक हुने भएकोले यस उमेरलाई पश्चातापको भूमरीमा धकेल्नुबाट जोगाउनेहरु पछि लभ सेक्स र रोमान्सको जीवन सुखमय बनाउन सक्छन । केटा मानिसहरुले कुनैबेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन । उनीहरुले त्यसरी मौका पाएका युवतीसँग यौन सम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ ।

    तर धेरैजसो युवतीहरुको हकमा भने छिटो कसैलाई बिश्वास गरेर यौन सम्पर्क गरेकोमा दुख प्रकट गर्ने गरेका छन । त्यसमाथि पनि पछि सँगै जीवन विताउन नसकेको व्यक्तिसँग आफ्नो भर्जिनिटी गुमाएकोमा उनीहरुलाई बढी पश्चाताप हुने गरेको छ । केटाहरु क्याजुअल सेक्स मन पराउँछन ।अल्पकालिन सम्वन्ध मन पराउँछन । तर केटीहरु जीवन बिताउन केटाहरुसँग दीर्घकालिन प्रतिबद्धता चाहन्छन । केटाहरु सेक्सपछि लभ गर्नेखालका हुन्छन भने केटीहरु लभपछि सेक्स चाहन्छन । केटीहरु यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन । किनकि बच्चा जन्माउनु, हुर्काउनु र उनीहरुसँग समय बिताउनु केटी मान्छेका लागि जैविक, भावनात्मक र प्रजनन्जन्य कुरा हुन जान्छ । सिद्धान्ततः केटाहरुले चाहेमा एकैदिनमा धेरैलाई गर्भवती बनाउन सक्छन ।

    अर्थात केटी मान्छेको यस धर्तीमा भूमिका नै बेग्लै छ । तैपनि कहिलेकाँही केटी मान्छेहरु कुनै केटासँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा फँस्ने गर्छन र भर्जिनिटी गुमाउने गर्छन । भर्जिनिटी र प्रजनन् केटी मान्छेका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन । यी दुई चीज गुमाउँदा केटी मान्छेहरुलाई जीवनमा सबैभन्दा ठूलो निराशा पैदा हुन्छ ।भर्जिनिटी गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन् क्षमता गुमाउँदा ठूलो निराशा । यो स्वाभाविक हो । समयक्रमसँगै सकिने प्रजनन् क्षमता र भर्जिनिटी टार्न सकिदैन । तर गलत मान्छेबाट भर्जिनिटी तोड्ने काम रोक्न सकिन्छ । बिगतका घट्नाप्रति पश्चाताप गरिरहने भन्दा पनि बिगतको त्यस्ता घट्नाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध संभावनातर्फ केन्दि्रत हुने गर्नुहोस । निरन्तर आइरहने पश्चातापबाट बच्न मनोबिद्हरुसँग सम्पर्क गर्नुहोस ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *