१५ वर्षीय बालिकामाथि ९जनाले गरे सामूहिक बला’त्कार, पेटमा बच्चा हुर्किँदै

    डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले सामूहिक रूपमा बला’त्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । प्रहरीमा उजुरी आएसँगै तीन जनालाई प’क्राउ गरिएको छ ।

    घटना करिब ६ महिना अगाडिको हो । बालिकाको पेटमा गर्भ रहेको रहेछ, बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिएका हुन् ।

    जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रूपमा बला’त्कार गरेको उजुरी आएसँगै प्रहरीले अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरूमध्ये एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट प’क्राउ गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *