सर्पको टोकाईबाट बच्न के उपाय अपनाउने ? यदि टोकिहाले के गर्ने ?

    सर्पको टोकाईबाट बच्न के उपाय अपनाउने ? यदि टोकिहाले के गर्ने ?

    मध्य गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प देखिने समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् ।
    तसर्थ सर्पको टोकाईबाट जोगिन र यदि टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले तपाईहरुलाई जानकारी दिन्छौ।
    सर्पको टोकाइबाट जोगिन के गर्ने ?
    १. सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।
    २. रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।
    ३. घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।
    ४. जमिनका दुलाहरु टाल्ने ।
    ५. पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
    ६. सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।
    ७. सधै झुल टाँगेर सुत्ने ।
    यदि सर्पले टोकिहालेमा के गर्ने ?

    १. टोकेको ठाँउलाई चल्न नदिई स्थिर राख्ने ।
    २. सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने बाध्ने नगर्ने ।
    ३. मलम र रासायनी पदार्थ तातो चिसो प्रयोग नगर्ने ।
    ४. विरामीको आत्मविश्वास कायम राख्नका लागि सहयोग गर्ने ।
    ५. धामी झाक्री तिर नलाग्ने ।
    ६. विष सोस्ने ढुंगाको पछि नलाग्ने ।
    ७. सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
    ८. जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुरयाउने

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *