मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस नतिजा !

    मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले आज आइपीओ बाँडफाँट गरेको हो ।कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख ९५ हजार ७० आवेदकले १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

    कसरि हेर्ने नतिजा ?

    http://iporesult.cdsc.com.np/
    http://meroshare.cdsc.com.np/

    कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गरेको थियो । स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमा मध्ये बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *