सन नेपाल लाइफको आइपीओ बाँडफाँट कहिँले ? कतिले पाउछन् सेयर ?

    सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ८ लाख ९ हजार ७४४ जनाको हात रित्तो हुने देखिएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । ती आवेदकहरूबाट ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७०० रुपैयाँ रकम सङ्कलन भएको छ ।

    कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । अहिले डाटा भेरिफाईको काम भैरहेको छ र बाँडफाँट कहिँले भनेर एकिन गरिएको छैन। जसमा ७ लाख ६८ हजारले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् ।

    प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ ।साथै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *