क्यानाडामा वार्किङ्ग भिषामा गइ पी.आर लिने प्रक्रिया ? पुरा जानकारी

क्यानाडामा वार्किङ्ग भिषामा गइ पी.आर लिने प्रक्रिया ? पुरा जानकारी

यसै पृष्ठभूमिमा हामीले राजभण्डारीसँग सोधेका थियौं, क्यानडा जान किन मरिहत्ते गर्छन् नेपाली ? आखिर क्यानडमा के छ त्यस्तो आकर्षण ? त्यहाँ नेपालीहरु के गर्छन् ? कस्तो जीवनयापन गर्छन् ? पढ्न जानेहरुका लागि के छ सुविधा ? काम गर्नेहरुले कति कमाउँछन् ? उतै स्थायी बसोबास गर्नेहरुले कसरी प्रक्रिया मिलाउँछन् ?उनले हाम्रो प्रश्नको उत्तर यसरी विस्तारमा दिएका छन् ।

के छ क्यानडामा ?

32,000+ Work From Home Jobs In United States
Apply For Online Job In USA | Search AD
by Taboola
क्यानडा एउटा विकसित देश हो । यसमा परिवारको लागि सामाजिक सुरक्षा र पढ्ने विद्यार्थीको लागि विद्यालयमा पनि त्यतिकै राम्रा छन् । क्यानडामा विकल्प थप्रै छन् । त्यही कारण अन्य देशबाट पढ्न, काम गर्न वा त्यही बसोबासको व्यवस्था मिलाउन आउनेहरुको जमात ठूलो छ ।नेपाली युवाहरु पनि विद्यार्थी भिषामा क्यानडा जाने गरेका छन् । त्यहाँ पढ्न र काम गर्न अनुकुल छ । एक वा डेढ वर्ष अध्ययन गरिसकेपछि पोस्ट ग्राजुएट वर्क पर्मिट पाइन्छ ।

by TaboolaSponsored LinksYou May Like
Think Online Project Management Courses Are Expensive? Think Once More! (View Prices)
Online Project Management Courses | Search ads
Remember Cote De Pablo? Take A Deep Breath Before You See Her Now
Trips-Shop.com
When Pride Meets Reality: A Youngster Learns a Tough Lesson
Women’s Method
त्यहाँ एक बर्ष पढेपछि अर्को एक वर्ष वर्क परमिट पाइन्छ । त्यस्तै दुई वर्षसम्म काम गरिसकेपछि त्यहाँ पर्मानेन्ट रेसिडेन्ट (स्थायी बसोबास)का लागि आवेदन दिन सकिन्छ । यसरी दुई चार बर्ष बसेर काम गरिसकेपछि त्यही स्थायी बसोबासको बन्दोबस्ती मिलाउन सकिन्छ । त्यहाँको स्थायी बासिन्दा भएपछि भोट हाल्नबाहेक अरु सबै सेवासुविधा, अधिकार उपभोग गर्न पाइन्छ ।जस्तो स्थायी बसोबासको अनुमतिपत्र भएपछि कलेज पढ्दा आफ्नै खल्तीको पैसा झिक्नुपर्दैन । सरकारले लोन र अरु सुविधा दिन्छ । पढ्नका लागि लिइएको ऋण तुरुन्तै भुक्तानी गर्नुपर्ने बाध्यता छैन । आफूले काम गरेर कमाउन सुरु गरेपछि तिर्ने हो ।

पढ्नै लागि जाने नेपालीहरु कति छन् ?

उहिले खासै विद्यार्थी भिषामा क्यानडा जाने चलन थिएन । २०१५ सालसम्म त वर्षमा १ सय ५० जना पनि जादैनथे । तर, पछिल्लो आंकडा आश्चर्यलाग्दो छ । गतवर्ष मात्रै करिब ६ हजार ४ सय विद्यार्थी क्यानडा भित्रिएका छन् । यो वर्ष करिब १० हजार विद्यार्थी क्यानडा भित्रिने वा जाने अनुमान गरिएको छ । पर्मानेन्ट रेसिडेन्ट लिने पनि अत्याधिक बढ्दो क्रममा छ । यसबाहेक वर्किङ र पर्मानेन्ट रेसिडेन्ट पनि उत्तिकै छन् ।

वर्किङ भिसामा जानेहरुको के छ अवस्था ?

वर्किङ भिसामा क्यानडा जानेहरुको संख्या पनि धेरै छ । तर, सबैभन्दा बढी सचेत हुनुपर्ने उनीहरुले हो । किनभने वर्किङ परमिटमा जानेलाई धेरैले ठगेका छन् र ठगिने गरेका छन् ।क्यानडामा काम गर्नका लागि मान्छे राख्न सबैलाई अनुमति छैन । त्यहाँ कुनै काम वा रोजगारको अवसर छ भने सुरुमा त्यहीका नागरिक वा त्यही स्थायी बसोबास गर्नेलाई मौका दिनुपर्ने प्रावधान छ ।

यदि यी दुबैमा काम गर्ने मान्छे पाइएन भने मात्र बाहिरबाट मान्छे ल्याउनुपर्ने हुन्छ । तर, यसका लागि पनि आफुखुसी गर्न पाउने छुट छैन ।
बाहिरबाट कामदार ल्याउनुअघि त्यहाँको सरकारसँग अनुमति लिनुपर्छ । त्यो अनुमति लिने प्रक्रियालार्ई लेबर मार्केट इम्प्याक्ट एसेसमेन्ट) (श्रम बजार प्रभाव मुल्यांकन) भनिन्छ । यहाँ काम गर्ने मान्छे छैन भने प्रमाणित गर्नुपर्ने हुन्छ ।

त्यसको लागि तीनवटा मिडियामा जब भ्याकेन्सी (बिज्ञापन) छाप्नुपर्ने हुन्छ २८ दिनसम्म लागि । त्यसपछि त्यो विज्ञापन हेरेर जागिरको लागि निवेदन आएको हुन्छ । ती मान्छे किन योग्य भएन भनेर स्पष्टिकरण दिनुपर्ने हुन्छ । त्यसपछि सरकारलाई निवेदन यस्तो व्यहोराको निवेदन दिनुपर्छ, ‘मैले यहाँ काम गर्ने मान्छे पाइन सरकार, बाहिरबाट ल्याउने अनुमति पाउँ’ ।

सबै प्रक्रिया पुर्याएको छ कि छैन ? तलब दिन सक्छ कि सक्दैन ? कम्पनी कहिले स्थापना भएको हो ? यसको अवस्था कस्तो छ ? यी सबैको कुराको छानबिन गरिसकेपछि त्यहाँको सरकारले अनुमति दिने वा नदिने भनेर निर्णय गर्छ । यदि सरकारले अनुमति दियो भने त्यसले जागिरको लागि प्रस्ताव गर्न सक्छ बाहिरको मान्छेलाई ।तर, ठगहरुले भने यस्तै नक्कली कागजात बनाएर व्यापक रुपमा ठग्ने गरेका छन् । नेपाल, भारत, पाकिस्तान, बंगलादेशका मान्छेहरु दलालको फन्दामा परेर लाखौं लाख रुपैयाँ ठगिएका छन् ।

आफू ठगिएको कसरी थाहा हुन्छ ?

लभ इज ब्लाइन्ड भनेजस्तै सबैजनामा विदेश जाने भोक छ । तर, कसरी जाने, के प्रक्रिया पुरा गर्ने भनेर बुझ्नका लागि धैर्यता छैन ।पैसा भएपछि भिषा आउँछ भन्ने भ्रम छ । त्यही कारण पैसा दिएर सबै कुरा मिलाउन खोज्छ, जुन गलत हो । विदेशमा कुन प्रयोजनका लागि कसरी जाने भन्ने एउटा लामो प्रक्रिया हुन्छ । फुत्त जान पाइने होइन । तर, न निवेदन दिएको छ, न अन्र्तवार्ता दिएको छ । अनि घरमै भिषा आइपुग्छ भने यहाँ सरसार गडबड छ भनेर बुझ्नुपर्छ ।

आफुले पाएको कागजात सक्कली हो ? भिषा सही छ ? यसबार बुझ्नुपर्छ । किनभने नक्कली भिषा बनाउने गिरोह पनि यहाँ उत्तिकै छन् ।
एकदमै सहज रुपमा कसैले क्यानडा पठाइदिन्छु, मासिक तलब ६ हजार डलर मिलाइदिन्छु भन्ने जस्ता आश्वसन दिएमा त्यहाँ शंका गर्नुपर्छ ।

उनीहरुलाई आफु ठगिएको कहिले थाहा हुन्छ ?

मान्छेले ठगलाई नै विश्वास गरेर लाखौं खर्च गरिसकेको हुन्छ । जब उनीहरु विमानस्थलमा पुग्छन्, त्यहाँ मात्र आफु ठगिएको पत्तो पाउँछन् । किनभने विमानस्थलमा आवश्यक कागजात राम्ररी जाँच्ने गरिन्छ ।तर, यही कुरा थाहा भएकाले दलालहरु अर्को चोर बाटो अपनाउँछन् । जस्तो उनीहरुले यहाँको विमानस्थलबाट सोझै पठाउँदैनन् । बरु, भारत लगायत अरुतिर घुमाउँछन् र फर्काइदिन्छन् । अघिल्लो बर्षमात्र एकसाथ २० जना नेपाली युवा युएई हुँदै जान खोज्दा त्यहीँबाट फर्काइएका छन् ।नक्कली भिषामा परेर ठगिनेहरुको संख्या धेरै छ । त्यसैले त्यहाँ जानुअघि सबैकुरा राम्ररी बुझेर, सही प्रक्रिया अपनाएर मात्र जानुपर्छ ।

विद्यार्थी भिसामा ठगिने जोखिम कति ?

तुलनात्मक रुपमा विद्यार्थी भिषामा जानेहरु ठगिएको पाइदैन । किनभने विद्यार्थी भन्नसाथ आफैमा चलाख हुन्छन् । अहिले उनीहरुले इन्टरनेटबाट नै धेरै कुरा थाहा पाइसकेका हुन्छन् । कुन विषय पढ्ने, कुन विश्वविद्यालयमा भर्ना गर्ने भनेर तय गरिसकेका हुन्छन् ।धेरैले प्रक्रिया पुराएर नै आवेदन दिन्छन् । यसरी आवेदन दिएपछि सम्बन्धित विश्वविद्यालयबाट प्रस्ताव पत्र आउँछ । त्यहाँ एक बर्षका लागि पढ्ने खर्च अर्थात शुल्क बुझाउनुपर्छ । र, अनलाइन फर्म भर्नुपर्छ ।तर, त्यसो भन्दैमा विद्यार्थीहरु ठगिदै नठगिने भन्ने होइन । कतिले फेक अफर लेटर पठाएर ठगेको घटना पनि छ । दुई चार महिना अघि मात्र भारतका ७ सय विद्यार्थीलाई यसरी नै फर्काइएको छ ।जबकि उनीहरुको सबै कागजात दुरुस्तै थियो । पछि पिआरको लागि आवेदन दिँदा मात्र त्यो कागजात नक्कली भन्ने देखियो ।

क्यानडामा पीआर लिने प्रक्रिया के छ ?

क्यानडा गइसकेपछि पिआर लिनको लागि थुप्रै प्रक्रिया छन् ।तपाईं कुनैपनि देशमा हुनुहुन्छ भने पीआरका लागि आवेदन दिन सक्नुहुन्छ । यसका लागि निश्चित मापदण्ड पुरा गर्नुपर्छ ।त्यस्तै यदि क्यानडा भित्रै हुनुहुन्छ र एक वर्ष काम गरिसकेको छ भने कुनै पिआरका लागि आवेदन दिन सकिन्छ ।
त्यहाँ संघिय र प्रान्तिय सरका छ । यी दुबैमा पिआर लिने प्रक्रिया केही फरक हुनसक्छ । यद्यपि क्यानडामा बसेर पढेको, त्यही काम गरिरहेको छ भने उनीहरुले पीआर पाउने संभावना बढी हुन्छ ।

पढेको आधारमा पनि पीआरको लागि आवेदन दिन सकिन्छ । शैक्षिक योग्यता, कामको अनुभव, क्यानडामा नै कति पढेको छ भन्ने कुरामा पनि यो भरपर्छ ।प्रान्त अनुसार पनि पिआर पाउने सम्भावना कम वा बढी हुन्छ । त्यसैले क्यानडा गएर फर्किने होइन भने त्यहि अनुसारको ठाउँ र कलेज छनोट गरेर जादाँ उपयुक्त हुन्छ । तर पढेर नेपाल फर्किने हो भने जहाँ पढ्दा पनि हुन्छ ।

क्यानडामा पीआर पाइसकेपछि परिवार पनि उतै लैजाने प्रवृत्ति छ नि ?

क्यानडामा स्थायी बसोबासको अनुमति पाइसकेपछि आफ्नो परिवारलाई पनि उतै लान पाउने सुविधा छ ।कोही विद्यार्थी भिषामा क्यानडा गएको छ । पिआर पायो । तर, विवाह भएको छैन भने आफ्नो देश फर्किएर विवाह पछि श्रीमान वा श्रीमतीलाई स्पोन्सर गर्न सक्छन् ।यदि पीआर पनि पाउनुभयो, एक वर्षको कर पनि तिरिसक्नु भयो भने आफ्नो अभिभावक अर्थात आमाबुबालाई पनि बोलाउन सकिन्छ । आमाबुबालाई दुई तरिकाले बोलाउन सकिन्छ भिजिटर र सुपर भिषामा ।

सुपर भिषा प्राय १० वर्षको हुन्छ एकचोटी वा ५ वर्षसम्म वर्ष सकिन्छ । भिजिटर भिषामा पनि १० वर्षको हुन्छ तर एकचोटी जाँदा ६ महिना मात्र बस्न पाउँछ ।अथवा आफु क्यानडामा भएको तीन वर्ष भइसक्यो यदि ती वर्षको कर बुझाउनु भएको छ र इन्कम थ्रेस होल्ड पुरा गरेको छ भने बुबाआमालाई स्पोन्सर गरेर पनि बोलाउन सकिन्छ ।विद्यार्थी भिषामा भएकाले पनि यस्तो सुविधा पाउँछ । उसले आफ्नो श्रीमान-श्रीमतीलाई ओपन वर्क पर्मिटमा एप्लाई गराएर बोलाउन मिल्छ । यसैमा यदि छोराछोरी छन् भने उनीहरुलाई पनि सँगै लान पाइन्छ तर छोराछोरीको उमेर २२ वर्षभन्दा कम भएको हुनुपर्छ । त्यो भन्दामाथिको उमेर भएमा लान मिल्दैन ।

पीआर अर्थात स्थायी बसोबासका लागि पनि आवेदन दिएर क्यानडा जानेहरु पनि छन् ?

क्यानडामा अरु देशका नागरिकले पिआरका लागि पनि आवेदन दिन सक्छन् । क्यानडमा दुई तहको सरकार छ, संघिय र प्रान्तिय । यी दुबैको छुटाछुटै नीतिनियम हुन्छ ।भनेपछि त्यसको सबैतिर एउटै नियम लागु हुन्छ । त्यस अन्र्तगत आवेदकका उमेर, पढाई, भाषा, कस्तो काम गरेको आदिको आधारमा छानबिन गर्छ र अंक दिन्छ । यदि क्यानडमा आफन्त कोही बसोबास गर्छन् अझ आफ्नै दाजुभाई छन् भने थप अंक पाइन्छ । स्नाकोत्तर गरेका, ३० बर्षभन्दा कम उमेरका, अंग्रेजी राम्ररी बोल्ने छ भने राम्रो अंक प्राप्त हुन्छ ।फ्रेन्च बोल्न जान्ने, मेडिकल क्षेत्रका, सूचना प्रविधि क्षेत्रका, पलम्बर, कार्पेन्टर वा यातायात क्षेत्र भएमा अरु प्राथमिकतामा पर्न सकिन्छ ।यसरी प्राप्त हुने अंकको आधारमा पिआरका लागि छनौट गरिन्छ ।

नेपालीहरु त भिजिट भिसामा गएर उतै बस्ने गरेको पनि सुनिन्छ नि ?

भिजिट भिषामा क्यानडा जाने र त्यही बस्नेहरु पनि छन् । धेरैजसोले आफुलाई शरणार्थी भनेर बसोबासको व्यवस्था मिलाएका छन् । यदि राजनीति वा अन्य कारणले आफ्नो देशमा बस्नै नसकिने अवस्था छ, ज्यान जोखिममा छ भन्ने कुरा पुष्टि गर्न सकेमा पनि क्यानडाले आश्रय दिन्छ ।तर, यसका लागि आफुले दावी गरेर मात्र पुग्दैन । आधिकारिक कागजात पेश गर्नुपर्छ, जसमाथि मिहिन रुपमा छानबिन गरी प्रमाणित भएमा मात्र बस्न पाइन्छ । नभए त्यहाँबाट आफ्नो देश फार्काइदिन्छन् ।यद्यपि क्यानडाको सुविधा के छ भने त्यहाँ गएर बसेपछि जबसम्म आफ्नो कागजात सही छैन भन्ने प्रमाणित हुँदैन, तबसम्म बस्न पाइन्छ । यसरी बस्दा सरकारले नै खान बस्न पैसा उपलब्ध गराउँछ ।

अवार्ड वा कार्यक्रमको गर्ने भन्दै क्यानडा जाने र उतै लुकिछिपी बसेको भन्ने पनि सुनिन्छ नि ?

नेपालीहरुमा यस्तो प्रवृत्ति पनि देखिन्छ । केही समयअघि पनि यस्तै खबर फैलिएको थियो । क्यानडामा कुनै अवार्ड कार्यक्रम गर्न भनेर नेपालीहरु गएका थिए र त्यसमध्ये कतिपय नेपाल फर्किएनन् भनेर मैले सुनेको हुँ । तर, यसको कुनै लिखित प्रमाण भने छैन ।

यसरी लुकीछिपी बस्नेलाई कारबाही गर्दैन ?

क्यानडा एकदम नियममा चल्ने देश हो । त्यहाँ कुनैपनि कुरा हचुवाको भरमा हुँदैन । जस्तो कुनै व्यक्ति दोषी हो भनेर औंल्याएर हुँदैन । प्रमाणित हुनुपर्छ । अदालतबाट दोषी प्रमाणित नभएसम्म केही कारबाही गरिदैन ।

क्यानडामा के गर्छन् नेपालीहरु ?

कतिले रोजगारी गर्छन्, कतिले आफ्नै व्यवसाय । धेरैले रेष्टुरेन्ट चलाएका छन् । कतिले व्यापार व्यावसाय गरेका छन् । घरजग्गाको कारोबार गर्ने पनि छन् ।
तर, जे काम गरेपनि त्यहाँ इमान्दार र पूर्ण लगावका साथ गर्नुपर्छ । नेपालमा जस्तो कामचलाउ काम गरेर मात्र पुग्दैन । त्यहाँ निर्धारित समयमा यन्त्रवत काम गर्नुपर्छ । हप्तामा पाँच दिन काम गर्नुपर्छ । बिहान ९ देखि ५ बजेसम्म कामको अवधि हुन्छ । यदि घर धान्न गाह्रो भयो भने पार्ट टाइम काम पनि गर्न पाइन्छ ।

त्यही घर गाडी किन्न कति सहज छ ?

उहिले क्यानडामा घर किन्न १० वर्ष लाग्थ्यो भने सन् २०१० देखी भने ३ देखी ५ वर्षमा नै घर किन्ने गरेका छन् । गाडी किन्न भनेको त नेपालमा साइकल किन्नु जस्तै हो । किनकि क्यानडामा गाडी नभई काम गर्नै सकिदैन । त्यस्तै क्यानडाको एउटा एमदम राम्रो पाटो भने तपाईंले जेसुकै काम गरेपनि एउटा गाडी, फ्ल्याट लिएर बस्न गाह्रो हुँदैन । यहाँको जस्तो घुस खानुपर्ने हुँदैन । यदि दुईचार वर्ष काम गरेर रकम जम्मा गर्न सके वा बैंकले पत्याएमा घर नै किन्न सकिन्छ । क्यानडामा घर किन्नलाई अहिले डाउन पेमेन्ट १० देखि २५ प्रतिशत तिर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *