जीमेलमा आउने ‍अनावश्यक इमेललाई ब्लक गर्ने तरिका

    जीमेलमा आउने ‍अनावश्यक इमेललाई ब्लक गर्ने तरिका

    जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठाउन र पाउन सजिलो भएको छ ।
    कुनै पनि सूचना पठाउन र पाउन जीमेल सजिलो माध्यम भएपनि कहिलेकाँही नचाहिने वा अनावश्यक इमेलहरू आएर हामीलाई हैरान पारिरहेको हुन्छ ।

    तर के तपाईलाई थाहा छ जीमेलमा आउने अनावश्य इमेललाई ब्लक गर्न सकिन्छ ? यदी थाहा छैन् भने आज हामी तपाईलाई जानकारी दिदैछौं ।

    यसका लागि सुरूमा कम्प्यूटर वा स्मार्टफोनबाट आफ्नो जीमेल अकाउन्टमा जानुहोस् । अब तपाईलाई अनावश्यक सूचना पठाउनेको इमेल खोल्नुहोस् ।

    यति गरेपछि तीन ओटा थोप्ला भएको मेन्युमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको ड्रपडाउन मेन्युबाट ब्लक अप्सनलाई छनोट गर्नुहोस् । ब्लक गरेपछि अनावश्यक इमेलबाट मुक्त हुन सकिने छ ।

    यो प्रक्रियालाई प्रयोग गरेर कसैलाई झुक्किएर ब्लक गरिएको छ भनेपनि अनब्लक गर्न सकिन्छ । कुनै ठाउँबाट धेरै न्यूजलेटर वा प्रोमेसन आईरहेको छ भने पनि त्यस्तो इमेल खोलेर अनसब्सक्राइब गर्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *