खोप लगाएका विदेश जाने नागरिकको प्रमाणीकरण निशुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    खोप लगाएका विदेश जाने नागरिकको प्रमाणीकरण निशुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

     

    काठमाडौं : सरकारले विदेश जाने नागरिकहरुलाई कोभिड -१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निशुल्क गर्न अस्पतालहरुलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै खोप लगाएको प्रमाणीकरण कार्य निशुल्क गर्न अनुरोध गरेका छन्।

    ‘साउन ७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिवस्तर) को निर्णयअनुसार खोप लगाएका प्रमाणीकरण निशुल्क गर्ने निर्देशनअनुसार केही अस्पतालबाट शुल्क लिएको जनगुनासो प्राप्त भएकाले कोभिड- १९विरुद्धको खोप लगाएकाको प्रमाणीकरण निशुल्क गर्न गराउन निर्देशनअनुसार अनुरोध छ,’विज्ञप्तिमा भनिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *