मन्त्री किरातीका बुवाको अन्तिम संस्कार भोजपुरमा गरिने

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवाको अन्तिम संस्कार भोजपुरमा नै गरिने भएको छ। किरातीका बुवा ७६ वर्षीय हर्कबहादुर राईको बुधबार बिहान वीर अस्पतालमा निधन भएको थियो।

    दिवंगत राईको शवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली अर्पण गरेका छन्। पुल्चोकस्थित मन्त्री निवास पुगेर प्रधानमन्त्रीले राईको शवमा श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

    प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदना समेत प्रकट गरेका छन्। यस्तै, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सहरी विकासमन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

    मन्त्री किरातीका बुवा राईको पार्थिव शरीर बुधबार नै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी छ। राईको अन्तिम संस्कार पुर्ख्यौली ठाउँमै गरिनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *