बिद्यालयमा उच्च स्वास्थ्य सतर्कता अपनाउन परिपत्र

    बिद्यालयमा उच्च स्वास्थ्य सतर्कता अपनाउन परिपत्र

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मनसुनको सुरुवातसँगै देखा परेका डेंगु तथा आँखा पाक्ने समस्याबारे उच्च सतर्कता कायम गर्नका लागि बिद्यालयहरुलाई परिपत्र गरेको छ ।

    यस्ता समस्याका कारण शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूलाई प्रकोपको अवस्थामा सो रोगको लक्षणहरू, रोकथामका उपायहरू र सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेको छ मन्त्रलयले शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनमा निरन्तरताको लागि डेंगु र आखाँ पाक्ने समस्याको सतर्कताका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा तयार गरिएको शिक्षा, र सञ्चार सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई सुरक्षित रूपमा निरन्तरता दिन भनेको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *