किन हुन्छ छालामा एलर्जी ? यसरी बच्नुहोस् ?

    किन हुन्छ छालामा एलर्जी ? यसरी बच्नुहोस् ?

    एजेन्सी । हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्वको प्रवेश गर्दा त्यसको विरुद्द शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसलाई हामी एलर्जी भन्ने गर्छौं ।हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौं समस्या आउने गर्दछ ।

    बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । कतिपय एलर्जीहरू निकै घातक हुने गर्दछन् । विशेषगरी बारुला, कीरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ ।

    एलर्जीको मुख्य कारण
    घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ ।

    एलर्जीका लक्षणहरू

    –शरीरमा डाबर आउनु वा चिलाउनु

    –आँखा नाक चिलाउनु

    –हाच्छ्युँ आउनु

    –सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु

    –सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु

    –बारम्बार रुघा लाग्नु

    एलर्जीबाट छालालाई कसरी जोगाउने

    –ओछ्यान तथा लगाउने कपडा सफा राख्ने

    –घरबाट बाहिर निस्किँदा माक्स लगाउने

    –कपालमा रंग नलगाउने

    –जनावरसँग घेरै नजिक नहुने

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *