२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

डाक्टरले अप्रेशन गर्नुपर्छ भनेपछि फर्केकी महिलाले बाटोमै जन्माइन् बच्चा

बाजुरामा एक महिलाले बाटौमै बच्चा जन्माएकी छिन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी हुन्।
गर्भ परीक्षणका लागि अस्पताल गएकी उनलाई डाक्टरले डेलिभरीका लागि समय गइसकेको भन्दै डाक्टरले अप्रेशनका लागि तयार हुनका लागि सल्लाह दिएका थिए।

अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माएकी हुन्।बाटोमा नै सुत्केरी भएको अवस्थामा उनलाई स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएकी थिइन्। अनमी सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।

You might also like