एस्आतो छ आज, भोलि र पर्सि तीन दिनको मौसम

    मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।
    आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए ।

    उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ ।

    तराई तिर भने घाम लागेको छ । ‘तर लगातार ठूलो वर्षा हुने सम्भावना छैन,’ उनले भने, ‘काठमाडौंमा पनि शीतल छ । तर तुरुन्तै पानी पर्ने देखिँदैन ।’

    उनका अनुसार कोशी प्रदेशको संखुवासभा लगायतका एक-दुई स्थानमा हल्का वषर्ा भएको छ । तर झरी जस्तो भने छैन ।

    आज र भोलि बेलुकाको समयमा पूर्व र मध्यका पहाडी भेगहरुमा तथा पोखरा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    तुलनात्मक हिसाबले भोलि (शनिबार) कोशी, बागमती र गण्डकीको हकमा एक-दुई ठाउँमा मात्रै भारी वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले जानकारी दिए ।

    ‘अहिले मनसुन सक्रिय छैन । नयाँ प्रणाली पनि तत्काल आउने देखिंदैन,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘तत्काल झरी, बाढी-पहिरोको सम्भावना पनि छैन ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *