सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    दोलखाबाट खाडिचौरतर्फ जाँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान साढे तीन बजेतिर आफैं अनियन्त्रित भई घुम्तीबाट करिब ३०० मिटर तल सडकै खसेको थियो ।

    दुर्घटनामा गाडी चालक काठमाडौंको नागार्जुन नगरपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ बस्ने ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    दुर्घटनाको खबर पाएपछि लामोसाँघु, ठूलोपाखर र बाह्रबिसेबाट प्रहरी टोली उद्धारमा खटिएका थिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा लगिएकोमा उत्तम महर्जन र बलबहादुर खत्रीलाई डाक्टरहरुले आज बिहान सवा पाँच बजेतिर मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका–२ की ३७ वर्षीया संगिता बराईली, उनकी ८ वर्षीया छोरी युशा बराईली, रामेछापको गोकुलगंगा गाउँपालिका–१ की ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका–७ का १४ वर्षीय प्रमोद महर्जन घाइते छन् । उनीहरु चारैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुको खाडीचौरमा प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचार भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *