जुम्लामा जिप दुर्घटनाहुँदा २ जनाको मृत्यु

    जुम्लामा जिप दुर्घटनाहुँदा २ जनाको मृत्यु

    जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

    मृतकको पहिचान भएको छैन । प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिइनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *