आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आज  यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

    महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ भने नेपालमा बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

    यसको प्रभावले मुलुकका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने महाशाखाले जनाएको छ।

    आज बिहान पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो भारी वर्षा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना पनि छ।

    राति देशभर आंशिक देखि सामान्य बदली रही देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षेतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *