२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

क्रिकेट हेर्ने २ बजे पछि महानगरले दियो सार्वजनिक विदा

पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ ।

महानगरका अधिकृत हरि राउतले क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’

You might also like