भारतविरुद्ध नेपालले बनायो २०० रन

    काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ । श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध दुई सय रन पुरा नेपालले बनाउँदा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।

    शेखले आठ चौकाको मद्दतम ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्रसिं ऐरी २९ र गुल्शन झा २३ रन बनाएर आउट भए ।

    भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए । ऐरीसँग ५० रनको साझेदारी गरेका सोमपाल कामी नटआउट २७ रन बनाएर खेलिरहेका छन् । कामीसँग साझेदारी गरिरहेका सन्दीप लामिछानेले ३ रन जोडेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *