यी खाना खानुहोस् मानसिक रूपमा स्वस्थ रहन

    शरीरिक स्वास्थ्य जतिकै मानसिक स्वास्थ पनि महत्वपूर्ण हुन्छ । यदि तपाईं मानसिक रुपमा स्वस्थ हुनुन्छ भने कुनै पनि प्रकारको तनावले सताउदैन । यहाँ उल्लेखित ५ हेल्दी खानाले तपाईंको मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ ।

    दही
    दहीले हाम्रो पाचन शक्तिलाई मजबुत बनाउँछ । साथै यसको सेवनले हाम्रो मानसिक स्वास्थ्यलाई पनि प्रभावित पार्छ । आफ्नो नियमित खानामा दही समावेश गर्दा तपाईंको तनाव र चिन्ता बिस्तारै कम हुँदै जान्छ । तपाईंलाई स–सानो कुरामा पनि रिस उठ्छ, मुड अफ हुन्छ भने दहीको दैनिक सेवनले फाईदा गर्छ ।

    अण्डा
    अण्डामा प्रसस्त मात्रामा पोषक तत्व पाइन्छ, जुन तपाईंको मानसिक स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ । यसमा पाइने फोलिक एसिड, बायोटिन, कोलाइन आदिले मस्तिष्कको कोशिकाहरूको विकास गर्दछ ।

    हरियो सागपात
    हरियो सागपात शारीरिक स्वास्थको साथसाथै मानसिक स्वास्थ्यको लागि पनि निकै महत्वपूर्ण छ । जसले नियमित सागपात खान्छ, उसलाई मानसिक रोग लाग्ने सम्भावना कम हुनुका साथै उसको दिमाग लामो समयसम्म सक्रिय रहन्छ ।

    सुकेको मेवा
    सुकेको मेवा मानसिक स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । यसमा म्याग्निज, सेलेनियम र तामा प्रचुर मात्रामा पाइन्छ, जसले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

    डार्क चकलेट
    डार्क चकलेटमा पाइने कोकोले दिमागलाई तेज बनाउन मस्तिष्कको रक्तसञ्चार बढाउन लाभदायक मानिन्छ । यसमा पाइने फ्लेवेनायडले दिमागलाई तेजिलो बनाउनुको साथै रेडिकल क्षतिबाट पनि बचाउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *