शनिदेव स्वराशि कुम्भमा मार्गी भए लगत्तै यी राशिको चम्किनेछ भाग्य, धन- दौलतमा हुनेछ अपार बढोत्तरी

    वैदिक ज्योतिष शास्त्र अनुसार कर्मफल दाता र न्याय प्रदाता शनि देव कार्तिक १८ गते (४ नोभेम्बर) शनिबार मार्गी हुन् लागेको छ। कुनै पनि ग्रह मार्गी हुनुको मतलब ग्रहको चाल सिधा हुनु हो।
    त्यसैले शनिदेव मार्गी हुँदा त्यसको शुभ प्रभाव सबै राशिको जातकमा देखिनेछ। तर ३ राशिहरु यस्ता छन्, जसमा शनिदेवको विशेष कृपा रहनेछ। यसको मतलब यी व्यक्तिहरूले हरेक क्षेत्रमा सफलता पाउन सक्छन्। जानौं ती राशिहरु कुन – कुन हुन्
    मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : मिथुन राशिका लागि शनिदेव मार्गी हुनु लाभदायक साबित हुन् सक्छ। किनकी शनिदेव तपाईको राशिबाट भाग्य स्थान तर्फ गइरहेको छ। त्यसैले यो समयमा भाग्यले साथ दिनेछ। साथै शनिदेवको कृपाले तपाईको रोकिएको काम पुरा हुनेछ यस अवधिमा, तपाई काम वा व्यापारको लागि यात्रा गर्न सक्नुहुन्छ। कुनै नयाँ कार्यमा सफलता मिल्नेछ र लगानीबाट लाभ मिल्नेछ। विद्यार्थीहरूले कुनै परीक्षामा सफलता पाउन सक्छन्।

    वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :शनिदेव सीधा हिड्नु अनुकूल साबित हुन सक्छ। किनकी वृष राशिको कुण्डलीको कर्म भावमा शनिदेव मार्गी हुन् लागेको छ। तसर्थ, यस समयमा तपाईंको जीविकोपार्जन क्षेत्रमा वृद्धि हुन सक्छ। साथै यस समयमा व्यवसायीले राम्रो नाफा कमाउन सक्ने र काम गर्ने व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । खोजीमा रहेकाहरूले रोजगारीको अवसर पाउन सक्छन्। प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनेहरूका लागि यो समय निकै फलदायी रहनेछ। साथै पितासँगको सम्बन्ध पनि प्रगाढ हुनेछ ।

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : मेष राशिका लागि शनिदेव मार्गी हुनु लाभदायक साबित हुन् सक्छ। किनकी शनिदेव तपाईको राशिबाट ११ औँ भावमा सिधा चालमा चल्नेछ। त्यसैले यस समयमा तपाईको आम्दानी बढ्न सक्छ। साथै आम्दानीका नयाँ श्रोतहरु सृजना हुनेछन् । त्यस्तै यस समयमा तपाईका योजनाहरु सफल हुनेछन्। साथै व्यापारी वर्गको कुनै ठूलो व्यापार सम्झौता हुन सक्छ। जसले भविष्यमा लाभ हुनेछ। यस अवधिमा, कतै अड्किएको पैसा फिर्ता हुने सम्भावना छ र तपाईले आफ्नो करियरमा इच्छित अवसरहरू पाउनुहुनेछ। सेयर बजार, सट्टा र चिठ्ठाबाट लाभ लिन सकिनेछ।