घर-घरमा स्वास्थ्य सेवा पुग्नुपर्छ : गगन थापा

    घर-घरमा स्वास्थ्य सेवा पुग्नुपर्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य सेवा घर-घरमा पुग्नुपर्ने बताएका छन्। बिहीबार ‘घर–घरमा स्वास्थ्य सेवा कार्यक्रम’मा बोल्दै महामन्त्रीले थापाले यस्तो बताएका हुन्। ‘हामीले डाक्टर साहेबको कार्यक्रम सुन्यौँ। त्यो कार्यक्रम भनेको नै घर–घरमा स्वास्थ्य भन्ने हो,’ उनले भने, ‘मान्छे बिरामी भइसकेपछिका उपचार दिने केन्द्र बनाउँछौँ। यसको आइडिया उपचार गर्ने होइन। स्वास्थ्य सेवा दिन नै घर–घर पुग्नुपर्छ।’

    उनले स्वास्थ्य सेवा घर–घरमा दिने गरेमा मान्छे अस्पताल आउने कुरा घट्ने बताए। ‘घरमा स्वास्थ्य सेवा पुग्यो भने मान्छे अस्पताल आउने पर्ने अवस्था घट्छ,’ उनले भने, ‘कम मान्छे जानुपर्ने हुन्छ। त्यसैले यस कार्यक्रमको नाम नै घर–घरमा स्वास्थ्य भन्ने हो।’
    उनले वर्षेनि ७०/८० लाख मानिसहरुलाई बाथ रोग लाग्ने तथ्य डर लाग्दो भएको बताए। महामन्त्री थापाले बाथ रोगबारे चेतना जगाउन आवश्यक रहेको बताए।