जापानमा नेपालीको मानसिक समस्या बढ्दो छ

जापानमा नेपालीको  मानसिक समस्या बढ्दो छ

जापानमा बस्ने नेपालीका आफन्तले विभिन्न माध्यमबाट सोध्छन्– सञ्चै छौ?

सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि?

विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त गर्ने कुरा अनगिन्ति छन्। तर कुरा फेरि पनि कमाइ–धमाइतिर मोडियो भने चाहिँ धेरैको बिसञ्चो मन झन् बल्झिन्छ।

साथीभाइले पनि भन्छन्, ‘विदेशमा छस्, मोज छ ’ अग्ला भवन र समुद्र किनारमा खिचिएका तस्बिरले मात्रै जीवन दर्शाउँदैन। नियमित जीवनमा वर्षका एक–दुई पल्ट आउने ती तस्बिरले बाँकी ३६३ दिनको प्रतिनिधित्व गर्दैनन्।

जापानमा अहिले १ लाख ४० हजार नेपाली छन्। त्यसमा ठूलो संख्या विद्यार्थीको छ। जापान सरकारको नजरमा उनीहरु पढ्न आएका हुन्। नेपालीहरुको नजरमा उनीहरु कमाउन गएका हुन्। यहीँनेरबाट सुरु हुन्छ ती १९/२० कै उमेरका कलिला विद्यार्थीको जीवनमा विरोधाभाष।

हाल जापानमा अध्ययनरत काभ्रेपलाञ्चोककी अस्मिता लामाको कथासँग धेरै नेपाली विद्यार्थीको मनोदशा मिल्दोजुल्दो छ। चार वर्षअघि पढ्न जापान पुगेकी लामा आत्महत्या गर्ने खराब सोचलाई जितेर नयाँ जीवनमा प्रवेश गरेकी छिन्। सबैले लामाले जस्तै आफूलाई त्यो त्रासदीबाट बाहिर निकाल्न सक्दैनन्। त्यसैले जापानमा नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको खबरहरु पनि पछिल्लो समय बाक्लिन थालेको छ। बिरामी मन लिएर नेपाली डाक्टर खोज्दै पुग्नेको संख्या उल्लेख्य छ।

विगत २२ वर्षदेखि जापानमा कार्यरत न्युरोसर्जन डा लुशुन चालिसेका अनुसार उनलाई खोज्दै आउने ४० जनामा ३० जना मानसिक समस्यासँग सम्बन्धित हुन्छन्। उनले भने, ‘टाउको दुख्यो, रिंगटा लाग्यो जस्ता लक्षण लिएर आउँछन्। उनीहरुलाई टाउकोको नशासँग सम्बन्धित समस्या भयो भन्ने लागेर मकहाँ पुगेका हुन् तर उनीहरुमा त्यस्तो समस्या हुँदैन। मानसिक समस्या हुन्छ र कतिपयको मैले नै गर्ने काउन्सिलले बिसेक पनि हुन्छ। धेरैलाई भने नेपाल गएर एक पल्ट परामर्श लिन सुझाउँछ।’

अर्को, जापानमा प्रचलित भिसा हो कुक। नेपाली र भारतीय रेस्टुरेन्टमा मात्रै काम गर्न पाउने सर्तमा उनीहरुलाई भिसा दिइएको हुन्छ। उनीहरुलाई त्यहाँ मगाउने पनि रेस्टुरेन्ट गरेका नेपालीहरु नै हुन्छन्। ‘जापान पस्न पाए सबै दुःख दूर हुने’ मानसिकतामा रहेकाहरु त्यही भिसामा कन्सल्टेन्सीलाई १५ लाखसम्म तिरेर त्यहाँ पुग्छन्।

नेपाली र भारतीय रेस्टुरेन्टमै काम गर्ने उनीहरुको तलब बढीमा ८० हजार रुपैयाँसम्म हुने कुक र उनीहरुको परिवारको मानसिक स्वास्थ्यमाथि अध्ययन गरेका मनोचिकित्सक डा विजय ज्ञवाली बताउँछन्। उनी त कुक भिसालाई आधुनिक जमानाको मानव बेचबिखनकै संज्ञा दिन्छन्। उनी भन्छन्, ‘९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्‍यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले श्रीमती पनि लिएर जान्छन् तर श्रीमतीको ओभरवर्क हुन्छ।’ यही कारण कुक र तिनीहरुका श्रीमतीको मानसिक स्वास्थ्यमा निकै समस्या देखिएको उनी बताउँछन्।

दैनिकी, अभिभावकको अपेक्षा र यथार्थ
जापानमा विद्यार्थी भिसामा आएकाहरुले चार वर्ष कमाएर घर पठाउने परिकल्पना नगरे पनि हुन्छ। किनभने, उनीहरु पढ्नका लागि आएकाले त्यहीँ बढी समय बित्छ। जति बाँकी समय रहन्छ, त्यसमा उनीहरु त्यहाँको महँगो जीवनशैली जिउन र कलेजको शुल्क तिर्न ठिक्क हुनेगरी कमाउन सक्छन्।

यहाँनेर विद्यार्थी अस्मिता लामाको अनुभव राख्नु उपयुक्त हुन्छ। उनी सन् २०२० मा जापानमा आएकी हुन्। त्यो समय कोरोनाले बाहिर निस्किन पाइँदैनथ्यो। उनी आसाइ नामक पत्रिकाको छात्रवृत्ति (पत्रिका बाँड्ने काम गरेपछि कलेज शुल्क तिर्ने) मा आएकी थिइन्। उनले १ देखि ४ बजेसम्म दुई टाइम पत्रिका बाँड्नुपथ्र्यो। कलेज पनि जानैप¥यो। उनलाई सुत्ने समय बेलुकी ६ बजेदेखि राति १ बजेसम्म चार घन्टा हुन्थ्यो। उनले भनिन्, ‘त्यो चार घन्टा पनि ऋण कसरी तिर्ने, कसरी पढ्ने, भन्ने चिन्ताको छटपटीमै सकिन्थ्यो। त्यसपछि झर्काे लाग्ने, बोल्न मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने भयो।’

पढेर आफ्नो भविष्य बनाउने भन्ने सपना बोकेर जापान टेकेकी थिइन् उनी। घरपरिवारले ऋण–धन गरेर उनलाई त्यहाँ पठाएको थियो। उनलाई पढ्ने सपना भए पनि परिवारलाई कन्सल्ट्यान्सीले भनेको थियो, ‘ऋणको चिन्ता नगर्नुहोस्। एक वर्षमै तिरिहाल्छिन्।’

त्यसपछि स्वभाविक रुपमा दुई महिनापछि उनको घरबाट प्रश्न आयो, ‘तिम्रो कमाइ कति छ ? ब्याज यति भइसक्यो। अलि–अलि पठाउँदै गर आदि।’

लामाले प्रश्न गरिन्, ‘आफ्नो भविष्यको चिन्ता, पढाइको प्रेसर, ऋणको तनाव र कामको तनाव, एउटा १९÷२० वर्षको बच्चाले त्यो प्रेसर कसरी थेग्न सक्छ ?’

अनुसन्धानकर्ता भरत नेगी जापानमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको बताउँछन्। एनआरएनए ग्लोबल हेल्थ कमिटीले आयोजना गरेको ‘पाँचौं नेपाली ग्लोबल हेल्थ कन्फरेन्स’मा आफ्नो प्रस्तुति राख्दै उनले यस्तो बताएका हुन्।

उनले १९८ जनालाई लिएर गरेको एक अनुसन्धानमा ‘असामान्य डिप्रेसन’ मा पुगेका ७४ जना अर्थात् ३७.२ प्रतिशत भेटेका छन्। यसैगरी बोर्डर लाइनमा ७१ जना अर्थात् ३५.७ प्रतिशत, सामान्य ५४ जना अर्थात् २७.१ प्रतिशत मात्रै भेटिएका छन्। यसैगरी २५.६ प्रतिशतको एन्जाइटीको तह असामान्य अवस्थामा पुगिसकेको उनको अनुसन्धानले देखाएको छ। पुरुषमा भन्दा महिलामा एन्जाइटी अझ बढी देखिनुका साथै कोभिड–१९ को महामारीका समयमा यो अझ बढेको उनले बताएका छन्।

नेपालीहरुको स्वास्थ्यलाई नजिकबाट हेरिरहेकी जनस्वास्थ्यकर्मी डा एलिजा केसी भण्डारी मानसिक समस्या सिर्जना गर्ने अनेक कारण रहेको बताउँछिन्। नमिल्दो परिवेश, फेरिएको जीवनशैली, कमाउनैपर्ने दबाब आदि मुख्य रहेको उनको बुझाइ छ। उनले देखेकी छिन्, ‘कतिले कयौं रात सुत्दै नसुती काम गरिरहेका हुन्छन्। विशेषगरी नेपाली विद्यार्थीले हप्तामा २८ घन्टा काम गर्न पाउँछन्। तर जम्मा २८ घन्टाले शुल्क तिरेर खान–बस्न पुग्दैन।’

यताबाट पठाउनेले प्रतिघन्टा १५ सय कमाइ हुने बताइरहेका हुन्छन्। तर उताको जीवनशैली अनुसार त्यसले धान्दैन। कामलाई असाध्यै महत्व दिने प्रचलन, कामको प्रकृति र काममा लगाउने स्वभावले समेत समस्या सिर्जना गरिरहेको उनको बुझाइ छ।