कुन राशिका लागि कुन अंक फलिफाप हुँदै छ २०२३ मा

    कुन राशिका लागि कुन अंक फलिफाप हुँदै छ २०२३ मा

    ग्यशाली अंकका आधारमा आफ्नो कार्य सम्पन्न गर्नाले त्यसमा सफलता मिल्ने सम्भावना निकै बढ्छ भन्ने विश्वास गरिन्छ । लक्की नम्बर भनेको शब्द मात्र होइन । वास्तवमा यी भाग्यशाली अंकहरू हाम्रो जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छन् । हामिले धेरै पटक मानिसहरूको भाग्यशाली अंकका बारेमा सुनेका छौं । यी संख्याले हाम्रो दिमागलाई लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न प्रोत्साहित मात्र गर्दैनन हाम्रो पक्षमा ग्रह शक्तिहरूलाइ पनि ल्याउँछन् ।

    ज्योतिष शास्त्र अनुसार प्रत्येक व्यक्तिको राशिफल अनुसार शुभ अंक हुन्छ, जुन उसका लागि भाग्यशाली हुन्छ । २०२३ मा कुन राशिका लागि कुन अंक शुभ हुन सक्छ हेरौं :

    मेष : २०२३ मा ६ र ९ अंक मेष राशिका व्यक्तिका लागि भाग्यशाली साबित हुनसक्छ । यसले जीवनमा समृद्धि ल्याउनेछ भने लगानीबाट राम्रो प्रतिफल लिन सकिनेछ ।

    वृष : वृष राशिका लागि ५ र ६ शुभ अंक रहनेछन । यी नम्बरले आफ्नो मार्गमा आउने कठिनाइहरू हटाउन मद्दत गर्नेछन । मिथुन : ५ र ६ अंक सन् २०२३ मा मिथुन राशिका लागि पनि भाग्यशाली साबित हुनेछन् । यी अंकको प्रयोगले जीवनमा खुशी ल्याउनेछ भने विवाहको सम्भावना बढनेछ ।

    कर्कट : नयाँ वर्षमा कर्कट राशिका लागि २ र ९ अंक शुभ मानिएको छ । यसले मुद्दा- मामिलामा जित दिलाउनेछ भने प्रतिस्पर्धात्मक परीक्षामा पनि सफलता मिल्नेछ ।

    सिंह : सन् २०२३ मा सिंह राशिका लागि ३ भाग्यशाली अंक रहने छन् – १, ५ र ९ । नयाँ वर्षमा सफलताका यी तीन नम्बर मध्ये एउटा मात्र रोज्नुपर्नेछ । यसबाट नेतृत्वदायी कार्यमा समेत सफलता मिल्नेछ ।

    कन्या : सन् २०२३ का लागि कन्या राशिका भाग्यशाली अंक १, ६ र ७ हुन् । यी अंकले तपाईका लागि शुभसमाचार ल्याउनेछन्। सफलता प्राप्त गर्न यी नम्बर मध्ये कुनै पनि छनौट गर्न सकिन्छ ।

    तुला : तुला राशिका लागि नयाँ वर्षका लागि शुभ अंक ८ र १ हुन् । कुनै पनि नयाँ काम सुरु गर्न वा नयाँ सामान खरिद गर्न यो नम्बर प्रयोग गर्न सकिन्छ ।

    वृश्चिक : १, ३ र ७ वृश्चिक राशिका लागि सबैभन्दा भाग्यशाली रहनेछन । यी नम्बरहरूमा आधारित भएर निर्णय लिने प्रयास गर्नुहोस् ।

    धनु : सन् २०२३ मा धन राशि हुनेहरुका लागि ३, ५ र ८ अंक शुभ रहनेछन । यी अंकले तपाईको जीवनमा आर्थिक स्थायित्व ल्याउनेछ ।

    मकर : मकर राशिका लागि शुभ अंक ३, ४ र ९ हुन् । यी अंकले तपाईंको बाटोमा आउने अवरोधहरू हटाउन तथा समस्याहरूको सामना गर्न मद्दत गर्नेछ।