यी हुन् क्यान्सर भए-नभएको आफै पत्ता लगाउने ७ तरिका…

    क्यान्सर नसर्ने रोग हो साथै रोगहरूको एक वर्ग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि , रोग आक्रमण र कहिलेकाँही मेटास्टेसिस को रूपमा देखिन्छ। तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ। त्यसैगरी यो एक गम्भिर प्रकारको रोग पनि हो। जुनसुकै क्यान्सर लागे पनि पैसा र शरीर दुवैको क्षति हुन्छ। तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ।

    क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ। यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म पनि लाग्ने गर्छ। नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन्। समयमै चिकित्सकलाई आफ्नो समस्याबारे नबताउँदा क्याम्सरको उपचार जटिल बन्ने गरेको छ।

    चाँडो अस्पताल नजाने हाम्रो बानी नै छ। त्यसैले आफैले क्याम्सर भए नभएको बारे कसरी पत्ता लगाउने भनेर तपाईलाई जानकारी दिदैछौँ। शरिरमा क्यान्सर रोग भएरनभएको यसरी पत्ता लगाउन सकिन्छ। १.निको नहुने खोकी लागेमा अथवा घोक्रो स्वर भएमा, २. शरीरको भाग अत्याधिक दुख्न थालेमा वा शरीरमा गिर्खा आएमा, ३. छालामा भएको कोठीको रङ्ग र आकार परिवर्तन भएमा

    ४. उपचार गर्दा पनि शरिरमा लागेको घाउ निको नभएमा वा बल्झीएमा, ५. शरिरबाट असाधारण रक्तस्राव वा पिप आएमा, ६. विस्तारै शरिरको वजन घट्दै गएमा वा दुव्लाउदै गएमा, ७. दिशा वा पिशावमा गर्ने समयमा फरक आएमा वा गाह्रो भएमा अथाव दिशा पिशाब गर्दा रगत देखिएमा ।

    यो पनि,मासु नखाँदा शरिरलाई हुन्छन यी १० फाइदा, मा’सु खानेले पढ्नै पर्ने, मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ? मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ । केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ ।

    यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गर्दैर्छौं ।

    १. तौल नियन्त्रण हुन्छ – मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

    २. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ – एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।

    ३. छाला स्वस्थ र सफा हुन्छ – शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ । ४. शरीरमा फुर्ति बढ्छ – मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।

    ५. मुटु रोगको खतरा कम हुन्छ – रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ । ६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ – यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।

    ७. जीनले राम्ररी काम गर्छ – मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ । ८. पोषणको कमी हुन सक्छ – मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।

    ९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ – जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।

    १०. मसल्स बन्न समय लाग्छ – मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *