यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ? के खाने ? के नखाने ?

    यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ? के खाने ? के नखाने ?

    अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाउ हुनु हो । ग्यास्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ ।

    अहिलेको मानिसहरुमा ग्यास्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्ट्रिक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ ।

    लक्षणहरु

    – तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।

    – सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।

    – पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।

    – छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।

    – लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ ।

    – खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ ।

    – खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।

    – प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।

    – याे राेगमा छाती वा नाभीकाे माथिपट्टिकाे भाग दुख्छ ।

    – खाली पेट वा खाना खाइसकेपछि पनि दुख्छ, पाेल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छाद्नु, आन्तरिक रत्तश्राव हुनुकाे साथै कालाे रंगकाे दिसा आउँछ ।

    कारणहरु

    धेरै मानसिक तनाव, चिन्ता, क्राेधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखाई कम गर्ने दबाई खानेजस्ता बानीले आमाशय घाउ हन्छ जसलाई हामी अल्सर भनेर चिन्छाैँ ।

    के खाने ?

    १. खाना ५-६ पटक थाेरैथाेरै खाने ।

    २. चिसाे दूध एकपटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने ।

    ३. खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगकाे दाल, साबुदाना, जाउलाे, आराराेट, मख्खन खाने ।

    ४. अङ्गुर, पाकेकाे केरा, स्याउ, गाँजर खाने ।

    ५. प्राेटिनयुत्त पदार्थ, अन्डा, पनिर, दाल आदि खाने ।

    के नखाने ?

    १. अत्याधिक ताताे, चिसाे खानाबाट टाढै बस्ने ।

    २. खाना एक दुई पटकमात्र धेरै नखाने ।

    ३. थाेरैथाेरै बारम्बार खानेकुरा खाइरहने ।

    ४. ताताे खाना छिटाेछिटाे नखाने ।

    ५. पिराे, मसालेदार, चटपटे तरकारी, अमिलाे महि र छाछ धेरै नखाने ।

    ६. रक्सी, गाढा रंग हालेकाे चिया, कफि धेरै नखाने ।

    ७. एक पटकमा धेरै दूध नखाने ।

    ८. तारेकाे, भुटेकाे खाना धेरै नखाने ।

    राेग निवारणमा सहायक उपाय

    अल्सर हुनु भनेको ग्यास्ट्रिकको बढ्दो रुप हो भनेर सामान्य रुपमा बुझ्न सकिन्छ । यसैले ग्यास्ट्रिक रोक्न सकियो भने अल्सरको सम्भावना पनि कम गर्न सकिन्छ । यहाँ हामी अल्सर वा ग्यास्ट्रिक रोक्नका लागि सहायक उपायहरुका बारेमा लेखेका छौँ ।

    के गर्ने ?

    – खाना निश्चिन्त भएर विस्तारै चपाइ-चपाइ खाने ।

    – शारीरिक र मानसिक रूपमा आराम गर्ने बानी बसाउने ।

    – तनाव र चिन्ता हटाउने र हाँस्ने र खुसी रहन सिक्ने ।

    – घरबाहिर काम गर्दागर्दै पेट पाेल्न थाल्याे भने २-४ वटा बिस्कुट खाने ।

    – शारीरिक एवम् मानसिक शिथिलताकाे लागि शवासन गर्नै ।

    के नगर्ने ?

    – धेरैबेर भाेकै बस्नु माैका आउँन नदिने ।

    – व्रत लिन छाेडिदिने ।

    – मानसिक तनाव र चिन्तामा डुबेर बस्न छाेडिदिने ।

    – राती धेरैबेरसम्म नबस्ने ।

    – दुखाई हटाउने दबाइ अाफूखुसी नखाने ।

    – दिउँसाे सुत्ने बानी नबसाउने । भए हटाउने ।

    – कालाे चियाकाे प्रयाेग बिल्कुलै नगर्ने ।

    १. अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ?

    अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ । खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ । वान्ता गर्दा रगत नै पनि आउन सक्दछ ।

    २. अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ?

    चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै चार पाँच पटक खाने । खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने । फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ ।

    ३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?

    अत्यधिक तातो र चिसो खानेकुरा नखाने । पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।

    ४. अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु

    धेरै बेर भोकै नबस्ने । ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने । मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने । राती धेरै बेरसम्म अनिदो नबस्ने । धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने । कालो चियाको प्रयोग बिलकुलै नगर्ने । दिउँसो सुत्ने बानी भएमा पनि हटाउने ।

    ५. अल्सर रोगको आफैले गर्न सकिने उपायहरु

    शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने । तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने र हाँसेर बस्ने । काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने । स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने । स्रोतः- हाम्रो घरको डाक्टर

    घरेलु जडिबुटीबाट रोगको उपचार गर्ने विधि

    आजभोली ग्यास्टिक नहुने मान्छे बिरलै हुन्छ यहि ग्यास्ट्रिक एसिडिटी हुन्छ र अल्सर त्यसपछि क्यान्सर सम्म हुन सक्छ । पित्तलाई बढ़ाउने प्रदुषित गर्ने अन्न (धेरै चील्लो पीरो-मसला भएको, अत्यधिक मद्यपान, नयाँ चामल आदि) धेरै समय देखि निरन्तर सेवन गर्नु या धेरै सेवन गर्नाले एसिडिटी हुन्छ ।

    यस बाहेक पनि धेरै कारण छन् एसिडिटी बढ्ने जस्तै : एसिडिटी भएमा चुकीलो बुलुक्क आउनु र छाती पोल्नु हुन्छ । ठीक समयमा भोजन नगर्नु ।

    भोजन समय मै गरौं । अजीर्ण हुंदा पनि गरिष्ठ भोजन गर्नु ।

    गरिष्ठ भोजनबाट बचौं। भोजन गरेपछि दिउंसो सुत्नु ।

    दिउंसो सुत्ने कम गरौं या सुत्दै नसुतौं । भोज्य पदार्थहरुको भोजनको अतिरिक्त दिनमा अत्यधिक पटक पटक सेवन गर्दै गर्नु ।

    भोजनलाई नियम निर्धारित गरौं। अधिक समय सम्म मानसिक रूपले तनावग्रस्त पनि एसिडिटी बढ़छ ।

    तनावमुक्त हुने प्रयास गरौं । अधिक समयसम्म पटक पटक भवको रहनु ।अधिक समय सम्म खाली पेट रहनु ।

    ग्यास्ट्रिक देखी अल्सरको अचुक औषधी ‘डल्ले खुर्सानी’!

    खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाै । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ ।

    याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् । मोटोपन घटाउछ। रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ ।

    हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।

    खानपिनसँग थप जानकारी

    बिहान नास्ता गर्नु के वास्तवमै फाइदाजक हुन्छ त ?

    अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ ।

    खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ । शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ । कुरा गरौं, खाना खाने तालिकाको । खाना खाने तालिकाको कुरा गर्दा यहाँ एक जापानी भनाई सान्दर्भिक हुनसक्छ ।

    भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’ यो भनाईले हाम्रो स्वास्थ्य खानपान तालिकाबारे बताउँछ । हाम्रा पूर्खाहरुले पनि खानपान सम्बन्धी यस्तै तालिका निर्धारण गरेका थिए । उनीहरु भन्थे, विहानको नास्ता भरपेट खानु । दिउसोको खाना आधा पेट खानु । रातीको खाना एकदमै कम खानु । अझ सूर्योअस्तपछि त खाना नै नखानु ।

    यावत् भनाई र बुझाईले भन्छ, विहानको नास्ता शरीरका लागि सर्वोत्तम हुन्छ । बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं । भरपेट ब्रेकफास्टको आवश्यक्ता र महत्वबारे हामीले धेरै पटक सुन्यौं । यदि स्वस्थ्य, तन्दुरुस्त रहने हो भने ब्रेकफास्ट गर्नैपर्छ भन्यौ । तर, के हामीले सुनेजस्तै ब्रेकफास्ट स्वास्थ्य दिनचर्याको लागि अनिवार्य खुराक हो त ? ब्रेकफास्ट गर्दा शरीरमा त्यसको कस्तो असर रहन्छ ?

    बीबीसी हिन्दी अनलाइनमा प्रकासित लेखको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । नास्ता गर्नु एकदमै जरुरी हुन्छ । तर, यसले तपाईंको तौल नियन्त्रणमा कुनै सहयोगी भूमिका खेल्नेछैन । एक रिसर्चमा यही कुरा पुष्टि भएको छ ।

    जब तपाईं नास्ता गर्नुहुन्छ भने हरेक दिन २ सय ६० भन्दा बढी क्यालोरी लिनुहुनेछ । जो व्यक्ति नास्ता गर्दैनन्, त्यसको तुलनामा नास्ता गर्नेको तौल आधा किलो बढ्छ । विशेषज्ञहरुले भनेका छन्, नास्ता क्याल्शियम र फाइबरको राम्रो स्रोत हो । नास्ता गर्दा एकाग्रता र ध्यान केन्दि्रत गर्ने क्षमता बढ्छ । खासगरी बच्चालाई यसबाट बढी फाइदा हुन्छ ।

    ब्रेकफास्टले तपाईंलाई उर्जा र जरुरी पोषक तत्व प्राप्त हुन्छ । साथै तपाईंलाई पटक-पटक खानुपर्ने आवश्यक्ता हुँदैन । थुप्रै अध्ययनले देखाएको छ कि, बिहानको नास्ताले हामीलाई स्वस्थ्य एवं निरोगी बनाउन भूमिका खेलिरहेको हुन्छ ।

    तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यदि तौल नियन्त्रण गर्ने उपायको खोजीमा लागिरहनुभएको छ भने बिहानको नास्ता तपाईंको लागि बाधक बन्न सक्छ । अर्थात बिहानको नास्ताले तौल नियन्त्रणमा सहयोग गर्दैन । त्यसैले तौल नियन्त्रण गर्ने हो भने बिहानको नास्ता छाड्नु उपयुक्त हुन्छ ।

    अष्ट्रेलियाको यस नयाँ अध्ययनमा नास्ता र तौल परिवर्तनबारे १३ पटक अलग अलग परीक्षण गरिएको थियो । मोनाश विश्वविद्यालयको यस अध्ययनको नतिजाले के देखाउँछ भने नास्ता छाड्नु फाइदाजनक हुन्छ ।

    यदि नास्ता नछाड्ने हो भने दिनभरमा लिने कुल क्यालोरीको मात्रा घटाउनुपर्छ । अध्ययनले देखाएको छ, ब्रेकफास्ट छाड्ने व्यक्ति कम क्यालोरी लिन्छन् । यसमा अर्को दावी के गरिएको छ भने, जो व्यक्ति नास्ता गर्दैनन् उनीहरुलाई मध्यन्ह पनि कम भोक लाग्छ । तर, वयस्कले तौल नियन्त्रणका लागि नास्ता छाड्ने हो भने सावधानी अपनाउनुपर्ने हुन्छ । किनभने यसको उल्टो असर पर्न सक्छ ।

    क्याल्सियम र फाइबर

    डाइटिशियन र किग्स कलेज लन्डनका न्युटि्रशन साइन्स डिपार्टमेन्टका प्रमुख प्रोफेसर केविन वेलन भन्छन् कि हामीले बिहान धेरै क्यालोरी लिनु हुँदैन । उनी बिहानको नास्तामा अन्न र दुध लिनुपर्ने बताउँछ । यसबाट शरीरलाई आवश्यक पोषक तत्व अर्थात क्याल्सियम र फाइबर मिल्ने उनको भनाई छ ।

    स्वास्थ्यवर्द्धक नास्ता के हो ?

    नास्ताको कुरा त गर्छौं, तर कस्तो नास्ता ? बिहान के कस्ता खानेकुरा सामेल गरियो भने राम्रो हुन्छ ?

    इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ । साथै उसिनेको सिमी पनि उपयोगी हुन्छ । प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ फ्रुट्स खान सकिन्छ । हल्काफुल्का खानाको रूपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ ।

    बिहानै गर्नुपर्ने यी कुराकाे पनि जानकारी थाहा पाइराख्नु ।

    बिहान खाली पेटमा पिउनुहोस्, एक गिलास मनतातो पानी ! मिल्नेछन् यी फाइदाहरु

    पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो ।

    प्राय: जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।

    आन्द्रामा फ्लस

    खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

    शरिरका विकार फालिदिन्छ

    तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

    भोक बढाउछ

    नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

    टाउको दुख्नबाट बचाउछ

    मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

    कोलोन सफा गर्छ

    पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

    मेटाबोलिजमलाई तीब्र पार्छ

    यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

    उर्जा बढाउछ

    यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

    अनुहारको छालामा चमक ल्याउछ

    खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

    रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

    समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

    नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।