लामो र बलियो कपाल येस्ता छन् टिप्सहरु

    पुरुष होस् वा महिला सबैलाई कपाल बलियो बनाउने चाहना हुन्छ । विशेषगरी, महिलाले आफ्नो कपाल सिल्की, बलियो र छिटो बढोस् भन्ने चाहन्छन् । तपाईंले यी घरेलु औषधिको प्रयोगबाट कपाललाई लामो र सिल्की बनाउन सक्नुहुन्छ।

    अमला

    कपाल छिटो नबढ्नुको कारण भिटामिन ‘सी’ को कमी हो। अमलामा प्रचुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसले कपाललाई बढ्नको लागि टोनिकको रूपमा काम गर्दछ । कपाललाई छिटो बढाउन अमलाको तेलले कपालमा २० मिनेट जति मालिस गर्नुहोस् । यो हप्ताको दुईपटक गर्नुपर्छ।

    मेथी

    कपाल बढाउनको लागि सबैभन्दा राम्रो मेथी घरेलु औषधि हो । मेथीको दानामा प्रचुर मात्रामा प्रोटिन र निकोटिन एसिड पाइन्छ । जसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।

    मेथीलाई पानीमा रातभर भिजाएर, बिहान यसलाई पिसेर पेस्ट बनाउनुहोस् । यो पेस्टमा नरिवलको तेल मिसाई कपालमा लगाउनुहोस् । ४० मिनेटपछि कपाललाई धुनुहोस् । यसरी हप्तामा तीनपटक लगाउँदा तपाईंको कपाल बाक्लो र चम्किलो हुन्छ ।

    लसुन

    लसुन स्वास्थ्यको लागि मात्र नभएर कपालको लागि पनि फाइदाजनक हुन्छ । कपाल लामो बनाउन लसुनलाई मिलाएर काट्नुहोस् । यसमा मह मिसाइ कपालमा लगाई यसलाई आधा घण्टापछि स्याम्पुले धुँदा कपाल लामो र बलियो हुन्छ।

    केरा

    केराले पनि कपाल बढाउनमा मद्दत गर्छ । केरामा भिटामिन ‘ई’ र क्याल्सियम प्रचुर मात्रामा पाइने भएकाले कपाल बढाउनमा धेरै मद्दत गर्छ । यसमा प्रायः सबै प्रकारका पोषक तत्वहरू हुन्छन जुन कपाललाई आवश्यक हुन्छ ।

    केराको बोक्रा निकालेर यसलाई पेस्ट बनाउनुहोस् । यसमा एक चम्चा जैतुनको तेल, एक चम्चा नरिवलको तेल, एक चम्चा मह मिसाई कपालमा लगाउनुहोस् । २० मिनेटपछि पानीले धुँदा कपाल बलियो र लामो हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *