उमेर बढ्दै जादा किन बढ्छ हड्डी खिइने समस्या ?

    उमेर बढ्दै जादा किन बढ्छ हड्डी खिइने समस्या ?

    सामान्य भाषामा ओस्टियो अर्थाइटिस भनेको हड्डी खिइनु हो । मानिसको उमेर पाको हुँदै जाँदा हाडजोर्नी सम्बन्धी समस्याले बढी सताएको पाइन्छ । खासगरी यो बुढाबुढीमा हुने गर्छ । तर, कतिपय अवस्थामा वयस्कमा पनि हड्डी खिइने समस्या देखापर्न सक्छ । पुरुषको तुलनामा महिलामा हड्डी खिइने समस्या बढी देखिने गरेको छ । महिलाहरुलाई छिटै देखिनुको कारण उनीहरुको महिनावारी सुक्ने बेलामा हर्मोनको गडबढी हुने भएकोले ।

    हड्डी र जोर्नी दुखाइको समस्या लिएर दैनिक हजारौँ मानिस अस्पताल धाउने गरेका छन । घुँडा, कम्मर, छाती, हिप तथा हातका औँलाका स–साना हड्डीमा जोर्नी खिइने समस्या बढी हुन्छ ।

    हड्डी खिइनु लाई २ भागमा विभाजित गरिन्छ ।

    १ प्राइमरी ओस्टियो अर्थाइटिस – यसमा कारण थाहा हुदैन यो उमेर र हाम्रो जिवानसैली संग सम्बन्धित हुन्छ ।
    २ सेकेन्डरी ओस्टियो अर्थाइटिस – विभिन् कारणले हुन्छ जस्तै पुरानो फेक्चर ,जोर्नी भित्र गएर हडी भाचिएको छ त्यसको अप्रेशन गरेको छ भने, या छैन भने पनि त्यसले हड्डी खिइनु , अर्को पुरानो इन्फेक्सन (जोर्नी पाकेक) भएको थियो र अन्य कारण हड्डी खिइने हुन्छ ।

    सेकेन्डरी ओस्टियो अर्थाइटिस उमेर नपुग्दै कम उमेरमै देखिन्छ भने प्राइमरी ओस्टियो अर्थाइटिस उमेर छिप्पिदैँ जाँदा हुन्छ । यो उमेर र हाम्रो जिवानसैलीका कारण हुन्छ उमेर जुन परिवर्तन गर्न सकिदैन तर शरिरको तैल पनि एक कारण हो यसलाई भने हामिले कम गर्न सकिन्छ र जिवानसैली परिवतन गर्न सकिन्छ ।

    एसियन पपुलेसनमा धेरै देखिने भनेको घुँडा खिइने हो किन भने हाम्रो भुगोलले गर्दा, अर्को हाम्रो धेरै काम भुइमा बसेर ( घर भान्साको काम खेति पति) गरिन्छ , जिवानसैली ,खानपान यि सबै कारण गर्दा धेरैमा यो समस्या देखिरएको छ ।

    कसरी थाहा पाउने

    जोर्नीमा दुखाइ हुने
    टुक्रुक्क बस्न र खुम्च्याउन र घुमाउन नसक्ने ।
    कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने आदि हुन् ।
    उपचार

    तौल घटाउने
    जुन हड्डी खिइएको छ त्यस वरिपरिको मासु बलियो बनाउने एक्सरसाइज गर्ने
    भारि काम धेरै नगर्ने (पलेटिकसेर नबस्ने , उकालो ओरालो धेरै नगर्ने )
    दुखाइ कम गर्ने मल्हम लगाउने
    चिकित्सकको परामर्श लिने आवश्यक भए जोर्नीको एक्स–रे, एमआरआई, रगतको जाँच र अवस्था हेरी औषधिको सेवन, फिजिकल थेरापी गर्ने
    खिइएको अवस्था हेरी आवश्यक परे जोर्नीको प्रत्यारोपण पनि गर्न सकिन्छ यो भनेको अन्तिम विकल्प हो ।
    कसरी जोगिने

    हड्डी स्वस्थ र बलियो बनाउने ।
    क्याल्सियम हुने खाद्यपदार्थ खाने (दुध, फलफुल सागसव्जी माछामासु) यसले हड्डी बलियो बनाउन मदत गर्छ ।
    भिटामिन डी का लागि बिहानको घाममा बस्ने र भिटामिन डीयुक्त खाना खाने ।
    नियमित शारीरिक व्यायाम ।
    मद्यपान र धूम्रपानको प्रयोग नगर्ने ।
    ६–६ महिनामा स्वास्थ्य परीक्षण गर्ने ।