रवि लामिछानेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याइएको छ ।

सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत् काठमाडौँ ल्याइएको हो । उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सो सहकारीको रकम अपचलनबारे पूर्वडिआइजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *