कसरी हुन्छ मिर्गौला फेल ?

    मिर्गौला खराब वा फेल केलाई भनिन्छ ?

    एउटा मिर्गौलाले काम नगर्दा नै मिर्गौला फेल भन्छ कि दुईवटै काम गर्न छाडेपछि मिर्गौला फेल भयो भनिन्छ ?

    धेरैलाई यो कुरा थाहा नहुन सक्छ । दुईवटै मिगौलाले काम गर्न छाडेको अवस्थालाई मिर्गौला फेल भएको भनिन्छ । एउटा मिर्गौलाले काम गरिरहेको छ भने त्यो काफी नै हुन्छ ।

    मिर्गौलाको काम शरीरमा रगत शुद्धीकरण गर्ने हो । यसले रगतमा भएका विकार तथा काम नलाग्ने वस्तुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ ।

    ती छानिएका विकार वस्तुहरु मिर्गौलाले मूत्रथैलीतर्फ पठाउँछ, जुन पिसाबको माध्यमबाट शरीरबाट निष्कासित हुन्छ ।

    मिर्गौलाले यही काम गर्न नसक्ने अवस्थामा डायलाइसिस गर्नुपर्छ । मिर्गौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मिर्गौला फेल पनि भएको भनिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *