गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी खानेकुरा ?

    अन्य समय भन्दा गर्भावस्थामा महिलाले आफ्नो बढी ख्याल गर्नुपर्ने हुन्छ । यो समयमा महिलाले आफ्नो खानपानदेखि लगाउने कुरासम्म ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा भएको सानो गल्तीले पनि गर्भमा हुर्किरहेको बच्चालाई असर पार्न सक्छ ।

    – पहिलो चोटी आमा हुन लागेको महिलाले आफ्नो हरेक कुराको ख्याल गर्नु पर्दछ ।

    – यो अवस्थामा सन्तुलित आहार खानु निकै आवश्यक र महत्वपूर्ण हुन्छ ।

    – सामान्यतया गर्भावस्थामा फास्टफुड र फ्रोजन खाने कुरा खानु हुदैन ।

    – यो बेला धेरै दिनसम्म राखेका खानेकुरा पनि खानुहुदैँन ।

    – बढी नुन प्रयोग भएको खाना खादाँ शरीर सुन्निने र उच्च रक्तचाप हुने सम्भावना हुन्छ ।

    –गर्भावस्थामा घ्यूकुमारीको प्रयोग गर्नाले रक्तश्राव हुने सम्भावना बढी मात्रामा हुन्छ ।

    – माछामा पारो धातु पाइने भएकाले यसको सेवन आमा र बच्चा दुबैलाई घातक हुन्छ ।

    – भुँईकटहरमा ब्रोमलिन हुन्छ । तसर्थ यसको सेवन गर्नाले प्रसव पीडा हुने हुन्छ ।

    –अण्डामा साल्मेनोला स्पिसज ब्याक्टेरिया हुन्छ, यसले इन्फेक्सन गराउने सम्भावना हुन्छ ।

    – अण्डा पचाउन पनि कठिन हुन्छ ।

    – हरियो आलुमा सोलेनिन एन्जाइम पाइन्छ । जसका कारण गर्भपतन हुने सम्भावना हुन्छ ।

    – मदिरामा सुगर बढी हुन्छ, गर्भावस्थामा मदिरा सेवनले गर्भपतनको सम्भावना हुन्छ ।

    – जंकफुड सेवन गर्नाले शरीरमा न्यूट्रिएट्सको कमी हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *