तुरुन्तै तोड्नुहोस् यस्ता व्यक्तिसँगको सम्बन्ध

    चाणक्य नीतिमा उल्लेख गरिएका कुराहरू आजको सामयमा पनि उत्तिकै सान्दर्भिक छन्। आचार्य चाणक्यले आफ्नो नीति शास्त्र चाणक्य नीतिमा भनेका छन् कि सज्जन व्यक्तिले सधैँ केही यस्ता व्यक्तिहरूबाट टाढा रहनुपर्छ। यति मात्र होइन, त्यस्ता व्यक्तिहरूसँग सम्पर्क भए पनि वा उनीहरू नजिक छन् भने पनि उनीहरूसँगको सम्बन्ध तोड्न वा उनीहरूसँग दूरी कायम गर्न ढिला नगर्नुहोस्। अन्यथा जीवन बरबाद हुनेछ र पछुताउनु मात्र हुनेछ। जानौँ चाणक्य नीतिका महत्त्वपूर्ण कुराहरू जसले हामीलाई जीवनमा धेरै समस्याहरूबाट बचाउँछ।

    यी व्यक्तिहरूबाट तुरुन्तै टाढा हुनुहोस्

    यस्ता व्यक्ति जो आफ्नो जीवनमा केही बन्न चाहन्छन्, सम्मान पाउन चाहन्छन्, उनीहरुले आफ्नो जीवनमा केही सावधानी अपनाउन जरुरी छ। चाणक्य नीतिको एक श्लोक मार्फत सज्जनलाई केही व्यक्तिबाट टाढा रहन सल्लाह दिइएको छ। यस प्रकार छ श्लोक ‘ नैव पश्यति जन्मान्धः कामान्धो नैव पश्यति। मदोन्मत्ता न पश्यन्ति अर्थी दोषं न पश्यति।। दह्यमानां सुतीव्रेण नीचाः परयशोऽग्निना। अशक्तास्तत्पदं गन्तुं ततो निन्दां प्रकुर्वते।।

    स्वार्थी व्यक्ति: चाणक्य नीति अनुसार स्वार्थी व्यक्तिबाट सधैँ टाढा रहन्छन्। यस्तो व्यक्तिले अरूको हानिको चिन्ता गर्दैन, तर आफ्नो सानो लाभको लागि, उसले अरुलाई ठुलो हानि पुर्‍याउन सक्छ। त्यसैले यस्ता व्यक्तिबाट सधैँ टाढा रहनुहोस्।

    कामवासनामा अन्धो व्यक्ति : कामवासनाको अन्धो व्यक्तिको भरोसा हुँदैन, त्यस्ता व्यक्तिले तपाईलाई जुनसुकै बेला ठुलो समस्यामा फसाउन सक्छ। त्यस्ता व्यक्तिबाट सधैँ टाढा रहनुस् नत्र मानहानिको सामना गर्नु पर्नेछ र जेल जानु पर्ने हुनसक्छ।

    ईर्ष्यालु व्यक्ति: दुष्ट र लोभी, सधैँ अरूको ईर्ष्या गर्ने व्यक्तिहरूबाट टाढा रहनुहोस्। किनभने त्यस्ता मानिसहरूले तपाईलाई कहिल्यै अगाडि बढेको देख्ने सक्दैनन् र अरुलाई सधैँ अगाडि बढ्नबाट रोक्न र अवरोध खडा गर्ने गर्छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *