जीवनमा छाया ग्रह केतुको महादशा ०७ वर्षसम्म रहन्छ, जान्नुहोस् यसको प्रभाव र बच्ने उपाय !

    ज्योतिषशास्त्रका अनुसार हरेक व्यक्तिलाई नवग्रहको अन्तर्दशा र महादशा चल्छ । जसको प्रभाव मानव जीवन र राशिफलमा देखिन्छ । यस पोस्ट मार्फत छाया ग्रह केतुको बारेमा कुरा गर्दैछौं। वैदिक ज्योतिषमा केतु ग्रहलाई अशुभ ग्रह भनिएको छ । तर केतु ग्रहले सधैँ खराब नतिजा दिन्छ भन्ने हुँदैन । वास्तवमा कुण्डलीमा केतु कुन स्थानमा र कुन ग्रहको साथमा रहेको छ भन्ने कुरा जान्न जरुरी छ । त्यही अनुसार व्यक्तिमा महादशामा फल मिल्ने गर्दछ ।

    वैदिक ज्योतिमा केतु ग्रहलाई अध्यात्म, शान्त, मोक्ष, तान्त्रिक आदिको कारक मानिन्छ। यदि व्यक्तिको कुण्डलीमा केतु तेस्रो, पाँचौँ, छैटौँ, नवौँ र बाह्रौँ स्थानमा छ भने त्यस व्यक्तिको राम्रो फल प्राप्त हुन्छ। अर्कोतर्फ केतुले बृहस्पति ग्रहसँग संयोग बनाएमा राजयोग बन्ने गर्छ । केतुले मानिसलाई अध्यात्मतर्फ लैजान्छ। यसका साथै दसौँ घरमा केतु ग्रह रहेको भए व्यक्तिले ज्योतिषमा राम्रो नाम कमाउँछ। तसर्थ केतु ग्रहको महादशा चलिरहेको छ भने यस्ता व्यक्तिलाई शुभ फल प्राप्त हुन्छ ।

    ज्योतिष शास्त्रका अनुसार यदि कुण्डलीमा केतु ग्रह अशुभ स्थानमा हुन्छ भने व्यक्तिले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । अचानक व्यक्तिको अगाडि एकपछि अर्को बाधा आउँछ। कुनै पनि कामको लागि लिएको निर्णय ढिलाइ हुनुको साथै त्यसमा असफलताको सामना गर्नुपर्ने हुनसक्छ । व्यापारमा पनि घाटा हुन्छ । त्यस्तै केतु ग्रहले कालसर्प दोषको सृष्टि गरिरहेको भए व्यक्तिलाई भाग्यको साथ नपाएर जीवनभर सङ्घर्ष गर्नु पर्दछ । अर्कोतर्फ केतु ग्रहको महादशा चलिरहेको छ भने व्यक्तिलाई अशुभ फल मिल्छ ।

    केतुको अशुभ प्रभावबाट बच्ने उपाय

    कुण्डलीमा केतु ग्रह अशुभ छ भने कालो रंगको गाई दान गर्नुहोस्।

    केतु ग्रहको अशुभ प्रभावबाट मुक्ति पाउन गरिब, असहाय, अपाङ्गता भएका व्यक्तिहरूलाई अन्न, धन आदि दान गर्नुहोस्।

    कुकुरहरूलाई तेलले मुछिएको रोटी खुवाउनुहोस् । यसो गर्नाले केतुको अशुभ प्रभावबाट छुटकारा पाउन सकिन्छ।

    केतु ग्रहको बीज मन्त्र ओम के केतवे नमः जप गर्नुहोस्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *