चिसोमा बाथरोगीले यी कुरामा ध्यान दिनुहोस्

चिसोमा बाथरोगीले यी कुरामा ध्यान दिनुहोस्

पुसको अन्त्यतिर आइपुग्दा देशभर चिसो बढिरहको छ । चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगीलाई सताउँछ । यसबाहेक अन्य स्वास्थ्य समस्या भएकालाई पनि चिसो मौसमले बढी नै दुःख दिन्छ ।

चिसो मौसममा विभिन्न स्वास्थ्य समस्या भएकामध्ये बाथ रोगको समस्या भोगिरहेका व्यक्तिलाई पनि सताउँछ । चिसो मौसममा बाथका लक्षण बढी देखिन्छन् । चिसो पानी धेरै चलाउँदा, चिसो मौसमका जोर्नीका साथै मांसपेशी पनि दुख्छन् । हातमा रगत प्रवाहमा अवरोध हुँदा हातका औँलाको रङ परिवर्तन हुनेजस्ता लक्षण देखिन्छन् ।

बाथको प्रकृति हेरेर चिसोयाममा खानपानलगायत कुरामा ध्यान दिनुपर्छ । बाथको समयमै पहिचान गरेर उपचारतर्फ लाग्यौँ भने सामान्य जीवनयापन गर्न सकिन्छ । बाथका बिरामीले जाडोयाममा विशेषतः निम्न कुरामा ध्यान दिनुपर्छ-

– बाथको बिरामीहरूले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने ।

– चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरू कोक, फेन्टाहरू नखाने, तातो गरेर वार्म गर्ने ।

– आफ्नो जोर्नीहरूलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ ।

– बाथ रोगको प्रकृतिअनुसार खानपानमा विशेष जोड दिनुपर्छ ।