तपाईको मुटु प्रतिमिनेट कति पटक धड्किन्छ ? कम वा धेरै धड्किनु खतरा

    तपाईको मुटु प्रतिमिनेट कति पटक धड्किन्छ ? कम वा धेरै धड्किनु खतरा

    स्वस्थ्य व्यक्तिको मुटु प्रतिमिनेट ६० देखि १०० पटक धड्किन्छ । यदि एक मिनेटको समयमा हाम्रो मुटु ६० पटक भन्दा कम वा १०० पटक भन्दा बढी धड्किन्छ भने त्यो मुटुको चालमा गडबडी सम्बन्धी रोगको संकेत हो ।

    सामान्य अवस्थामा मुटुको चाल अचानक बढ्ने वा घट्ने भएमा ज्यानै जाने खतरा हुनसक्छ ।

    किन हुन्छ मुटुको चाल गडबडी

    –जन्मजात मुटुले करेन्ट प्रवाह गर्न नसक्दा,

    –मुटुमा संक्रमण भएमा,

    –लामो समयसम्म उच्च रक्तचाप तथा सुगरको समस्या भएमा,

    –उमेर बढ्दै जाँदा,

    – हृदयघातको समस्या भएमा मुटुको चाल गडबडी सम्बन्धी रोग लाग्छ ।

    कसरी थाहा पाउने ?

    –कमजोर महशुस हुने,

    –मुटु हल्लिएजस्तो हुने,

    –छाती दुख्ने,

    – रिंगाटा लाग्ने,

    – वेहोस् हुने ।

    यस्ता समस्या देखिएमा बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले यस्तो समस्या देखिएमा बिरामीलाई तत्काल अस्पतालमा लैजानुपर्छ । स्वास्थ्य जीवनका लागि मुटु पनि स्वस्थ्य हुनुपर्छ । मुटुलाई स्वस्थ्य राख्न स्वस्थ्यकर जीवनशैली हुनुपर्छ । जन्मजात मुटुरोगको समस्या उपचारले हुन्छ भने अस्वस्थ्यक जीवनशैलीले हुने मुटुको चाल गड्बडीलाई जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।

    मुटुको चाल कसरी गर्ने नियन्त्रण

    –नियमित रुपमा शारीरिक व्यायाम गर्ने,

    –चिल्लो, पिरो, नुन, मसला बढी भएको खाना नखाने,

    –मदिरा सेवन नगर्ने,

    –धुम्रपान र सुर्तिजन्य पदार्थबाट टाढै रहने,

    – उच्च रक्तचाप, सुगरका बिरामीले नियमित औषधि सेवन गर्ने,

    –मोटोपना नियन्त्रण गर्ने,

    –गर्भवती अवस्थामा धुम्रपान, अल्कोहल सेवन नगर्ने ।